बिराटनगर, प्रदेश १ को प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा बरिष्ठ पत्रकार यज्ञ शर्मा नियुक्त हुनु भएको छ।
खुल्ला प्रतिष्पर्धा मार्फत करिब ५ महिना अघि कार्यकारी निर्देशकका लागि आवहन गरिएको थियो जस अनुसार आज बसेको प्रदेश मन्त्री परिषद बैठकले बरिष्ठ पत्रकार यज्ञ शर्मालाई कार्यकारी निर्देशकमा नियुक्त गरेको प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिनु भएको छ।
शर्मा ३० बर्षदेखि निरन्तर पत्रकारीता क्षेत्रमा क्रियाशिल रहेका छन्। यस अघि उनी पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष पनि भइसकेका छन् । उनी प्रदेश १ का पत्रकारीताका प्रशिक्षकका रुपमा समेत चर्चित छन।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया