गाइघाट, जिल्ला प्रहरी कार्यालय उदयपुरले आज पत्रकार सम्मेलन गरी ९ जना ब्राउन सुगर कारोबारीहरुलाई सार्वजनिक गरेको छ।
जिल्लाको त्रियुगा नगरपालिकाको बिभिन्न ठाउँ बाट बिभिन्न मिती र समयमा गरी ९ जना ब्राउन सुगर कारोबारीहरुलाई ब्राउन सुगर सहित पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।
गत मंसिर २४ गते उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं ११ ईनार चौकमा लागु औषध ब्राउन सुगरको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलीले चेकजाँच गर्दा त्रियुगा नगरपालिका ११ बस्ने २२ बर्षका भिम कुमार चौधरीलाई ५ ग्राम २५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ भने गत मंसिर ३० गते राती ८ बजेको समयमा जिल्लाकै त्रियुगा नगरपालिका २ लुहाले खोला फत्तेपुर-गाइघाट सडक किनारामा अवैध लागु औषध ब्राउन सुगरको कारोबार तथा बिक्रि वितरण गर्दै गरेको भन्ने बिशेष सुचनाको आधारमा अवैध लागु औषध ब्राउन सुगर ३ ग्राम सहित उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा २ बस्ने ३१ वर्षका रेवत कुमार खाती, सोही नगरपालिका ३ बस्ने ३४ वर्षको रोहित कुमार चौधरी, सोही स्थान बस्ने ३३ वर्षको जगसन राई, सोही ठाउँ बस्ने अन्दाजी वर्ष ३८ का पर्वत दाहाल र सोही नगरपालिका ४ वस्ने वर्ष ३२ को देवेन्द्र मगरलाई ब्राउन सुगर सहित बरामद गरि प्रहरीले आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको साथै स ९ प ७३३२ र स ९ प २३३२ नम्बरको मोटारसाइकल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गाइघाटले जानकारी दिएको छ।
उता यही पौष ५ गते दिउसो १ बजेको समयमा जिल्लाकै त्रियुगा नगरपालिका वडा नं ११ मेन चोकमा ब्राउन सुगर ल्याई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरको बिशेष टोलीले स ११ प ६५९६ नं.को स्कुटरमा सवार त्रियुगा नगरपालिका ११ का बर्ष ३० को जोनसेना भन्ने सुमन बस्नेतलाई चेकजाँच गर्दा ०.२० ग्राम ब्राउन सुगर र नगद ९ हजार ६ सय २० फेलापारी निजलाई स्टुकी सहित नियन्त्रणमा लिई सोधपुछगर्दा जिल्लाकै त्रियुगा नगरपालिका वडा नं.१४ साउने घर भई हाल त्रियुगा नगरपालिका वडा नं १२ बस्ने अन्दाजी २५ बर्षकी पार्वती मगर समेत भई संयुक्त रुपमा लागु औषध ब्राउन सुगर कारोबार गर्ने अनुसन्धानको क्रममा खुल्न आए पश्चात पार्वती मगरको डेरागरी बस्ने कोठामा खान तलासी गर्दा २०.३४ ग्राम ब्राउन सुगर, नगद रु ५७ हजार ८ सय र ब्राउन सुगर सेवन गर्न प्रयोग हुने प्लेट, बिलेट, एक थान ईन्सास राईफलमा लाग्ने गोली ,चुरोट, सिक्का पैसा फेला पारी निज पार्वती मगरलाई समेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भईरहेको जनाइेको छ भने सोही मिती पुष ५ गते राती ८:३० को समयमा उदयपुर जिल्ला त्रियुगा नं.पा.१३ बरुवा खोलामा लागु औषध ब्राउन सुगरको ओसार पसार भइरहेको भन्ने सुचना प्रहरीलाई थाहा भए संगै जिल्ला प्रहरी कार्यालय उदयपुर बाट खटिएको बिशेष प्रहरी टोलीले स १० प ९७३३ नं को मोटारसाइकल चालक त्रियुगा नगरपालिक ११ वस्ने अन्दाजी वर्ष ३२ को नसिब राईलाई चेक जाँच गर्ने क्रममा निजको साथ बाट अन्दाजी १६.३७ ग्राम ब्राउन सुगर, रु ११ हजार २०० समेत फेला पारी मोटारसाइकल सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुर बाट थप अन्य अनुसन्धान भई रहेको प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतमले जानकारी दिनु भएको छ।
फरार प्रतिबादी पक्राउ
आज अन्दाजी २:३० बजेको समयमा जिल्ला उदयपुर त्रियुगा न.पा.४ बाट सम्मानित जिल्ला अदालत उदयपुर बाट लागुऔषध मुद्दामा ३ महिना १९ दिन र रु १२ हजार जरीवाना तोकिएका फरार प्रतिबादी उदयपुर जिल्ला त्रियुगा नगरपालिका ११ साकेला टोल बस्ने २९ बर्षका बिक्रम भनिने पुर्ण बहादुर परियारलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोली पक्राउ गरी सम्मानित उदयपुर जिल्ला अदालतमा फैसला कार्यन्वयनको लागी पठाईएको जनाएको छ।

कृपया यो पेज Like गर्नु होला

 

 

तपाईको प्रतिक्रिया