अन्जनी कुमार अधिकारी
बेल्टार, चौदण्डिगढी नगरपालिका बेल्टारमा आज ७० जनाले रक्तदान गरेका छन।
चौदण्डिगढी नगरपालिकाको संयोजन तथा नेपाली काङ्ग्रेस क्षेत्र नं. १ क्षेत्रीय समिति, नेपाली काङ्ग्रेस नगर कमिटी, नेपाली काङ्ग्रेस खेलकुद केन्द्रिय बिभाग र नेपाली काङ्ग्रेसका सम्पुर्ण भातृसंगठनको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य, पुर्व शहरी बिकास मन्त्री एवं उदयपुर जिल्ला क्षेत्र नं १ का संघीय सांसद डा. नारायण खड्का प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा उदयपुर जिल्ला क्षेत्र नं १ ख का प्रदेश सांसद हिमाल कार्की, नेपाली काङ्ग्रेस जिल्ला सभापति बिदुर बस्नेत, क्षेत्रीय सभापति भोजराज खतिवडा, चौनपा नगर प्रमुख खगेन्द्र राई, बेलका नगरपालिका काङ्ग्रेस सभापति सुशील सेडाई, चौनपा नगर सभापति राजेन्द्र पौडेल, चौनपा उपप्रमुख रिता कुमारी चौधरी विशेष अथिती हुनुहुन्थ्यो भने काङ्ग्रेस भातृसंगठनका नेताहरु अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो।
चौदण्डिगढी नगरपालिकाका सबै वडाका वडाध्यक्ष, बिधालयका प्रधानाध्यापकहरु लगायत सम्पुर्ण नगरका अग्रजहरुलाई निमन्त्रणा गरेर आयोजना गरिएको भब्य कार्यक्रम कोभिड १९ बाट निधन हुने प्रति श्रद्धाञ्जली अर्पण गर्दै कोभिड पोजेटिभ हुनेहरुको स्वास्थ्य लाभको कामना सहित रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल बिद्यार्थी संघ चौदण्डिगढी नगरपालिकाका नगर सभापति बिबस राईले जानकारी दिनु भएको छ।
रक्तदान कार्यक्रममा ५८ जना पुरुष १२ जना महिला गरि कुल ७० जनाले रक्तदान गरेका थिए भने कार्यक्रमलाई नेपाल रेडक्रस उदयपुरले सहजीकरण गरेको थियो।

कृपया यो पेज Like गर्नु होला

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया