अन्जनी कुमार अधिकारी
हडिया, चौदण्डिगढी नगरपालिका वडा नं. ९ हडिया पुर्व टोल साझबोटेमा १६ लाख लागतमा नवनिर्मित भवनको आज एक कार्यक्रमका बिच उदयपुर जिल्ला क्षेत्र नं १ का संघीय सांसद डा. नारायण खड्काले उद्घाटन गरेका छन।
उदयपुर जिल्ला क्षेत्र नं १ का सांसद डा. नारायण खड्काको संसदीय कोषको ५ लाख, चौदण्डिगढी नगरपालिकाको ८ र जनता संग उपमेयर कार्यक्रम अन्तर्गत चौदण्डिगढी नगरपालिकाकै ३ लाख गरि कुल १६ लाखमा उक्त भवन निर्माण गरिएको निर्माण समितिले जानकारी दिएको छ।
महिलाहरूलाई विभिन्न सिपमुलक कार्य बाट आत्मनिर्भर बनाउने उद्धेश्य सहित उक्त भवन निर्माण गरिएको स्थानीय जनताले बताएका छन।
महिला सीप बिकास केन्द्र भवन उद्घाटनमा नेपाली काङ्रेस समर्थक स्थानिय नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो। उद्घाटन कार्यक्रमको लागी नगरपालिकाका सबै वडाका वडा अध्यक्षहरुलाई निमन्त्रणा गरिएको भए पनि वडा नं १० का वडा अध्यक्ष बाहेक अन्य वडाका वडा अध्यक्ष भने उपस्थित थिएनन।
कार्यक्रम महिला सीप बिकास भवन निर्माण केन्द्र भवन निर्माण समितिका अध्यक्ष नेपाली काङ्रेस चौनपा वडा नं ९ का तरुणदलका सभापती तथा दिपज्योति सामाजिक परिवार कृषक समूहका अध्यक्ष रामकुमार थापाको सभापतित्वमा भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा. नारायण खड्का हुनुहुन्थ्यो।
कार्यक्रममा विशेष अतिथि चौदण्डिगढी नगरपालिकाका प्रमुख खगेन्द्र राई, उपप्रमुख रिता कुमारी चौधरी, नेपाली काङ्ग्रेस उदयपुर जिल्ला क्षेत्र नं १ का क्षेत्रीय सभापति भोजराज खतिवडा, वडा नं १० का वडा अध्यक्ष रामकुमार खड्का, लाइन्स क्लब अफ चौदण्डिगढीका अध्यक्ष एवंम उध्योग बाणिज्य संघका अध्यक्ष पवन कार्की, काङ्ग्रेसका नेता एवंम समाजसेवी बोधराज दाहाल रमेश, स्थानिय नेता चन्द्रलाल गिरी, प्रवत दाहाल, आनन्देव चौधरी लगायका नेता तथा कार्यकर्ता को बाक्लो उपस्तिथि रहेको थियो।
कार्यक्रममा दिपज्योति सामाजिक परिवार कृषक समूहकि अध्यक्ष कोषाध्यक्ष निर्मला खड्काले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम प्रेम खड्काले संचालन गर्नु भएको थियो।
कार्यक्रममा स्थानिय युवाले अंमर खड्काले मन्तब्य राख्दै समग्र वडा र स्थानीय स्थरमा रहेका समस्याको फेयरिस्ता प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसद डा. नारायण खड्काले जनताका हरेक समस्यालाई क्रमिक रुपमा समाधान गर्दै लगिने प्रतिबद्धता ब्याक्त गर्नु भएको थियो।
उक्त भवन उद्घाटन गर्नु पुर्व संघीय सांसद डा. खड्काले स्थानीय भगवती माध्यमिक बिधालयको समेत अवलोकन गर्नु भएको थियो। अवलोकनको क्रममा उक्त बिधालयमा देखिएका तीन जटिल समस्या पिउने पानी, भवन र माध्यमिक तहमा रहेको दरबन्दी अभाव प्रती गम्भीर हुँदै निकट भबिस्यमै उक्त समस्या समाधानको उपाय खोजिने जानकारी दिनु भएको थियो।
भवन उद्घाटनको लागि पुग्नु भएका संघीय सांसदले जनताका प्रत्यक्ष पिडाहरु सुनेर नगरपालिका मार्फत जनताका पहिला नैसर्गिक अधिकार शिक्षा, स्वास्थ्य, खानेपानी तथा बाटोघाटोको निर्माणलाई तिब्रता दिदै लगिने बताउनु भएको छ।
कार्यक्रममा नगर प्रमुख खगेन्द्र राईले महिलाहरूलाई पनि आत्मनिर्भर बनाउदै लगिने नगरको योजना अनुरुप यो भवन निर्माण गरिएको बताउनु भएको थियो।

कृपया यो पेज Like गर्नु होला

आजै उदयपुर जिल्ला क्षेत्र नं १ का संघिय सांसद डा खड्काले चौदण्डीगिढ नगरपालिका वडा नं ५ सिवाइमा आ.व.०७७/७८ को लागी उदयपुर क्षेत्र नं १ मा स्थानिय पुर्बधार साझेदारी कार्यक्रम अन्तर्गत माननीय डा नारायण खड्काको संसदिय कोषको रकम बिनियोजन बारे छलफल कार्यक्रम लाई सम्बोधन गर्नु भएको थियो भने उक्त कार्यक्रममा नेकपा पारीत्याग गरी चौनपा वडा नं ९ का मान बहादुर भुजेल, राजन कार्की, कुमार भुजेल र चौनपा ५ का बद्री नारायण ठाकुर काङ्रेस प्रवेस गरेका थिए।

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया