अन्जनी कुमार अधिकारी
उदयपुर, चौदण्डिगढी नगरपालिका वडा नं ६ र २ को बिचमा पर्ने कुवाखानी पिकनिक स्थल अत्यन्तै रमणीय र शान्त अनि सुन्दर स्थलमाअवस्थित पिकनिक स्थल हो।
पहिले यस ठाँउकाे नाम काैवाखाेंच थियो भने जुन अपभ्रंस हुदै काैवाखान, कुवाखान हुँदै कुवाखानी हुन पुगेको स्थानीय बुढापाकहरु बताउदछन।

कृपया यो पेज Like गर्नु होला

कौवा मतलब काग र खोंचको अर्थ खोल्सी परेको गहिरो भाग भन्ने बुझिन्छ जुन उल्लेखित अर्थ संग यस पिकनिक स्थलको भुगाेल पनि लगभग मिल्न जान्छ

सायद यसैका कारण पनि यस स्थलको नाम कुवाखानी राखिएको हुनु पर्ने स्थानिय बुद्धिजिवीहरुले जानकारी दिनु भएको छ।

हाल यस पिकनिक स्थलमा पिउने पानीको राम्रो सुबिधाका साथमा बिजुली समेत पुगिसकेको छ भने स्थानिय वडा नं ६

को कटुन्जे सामुदायिक बन र वडा नं २ को जनकल्याण सामुदायिक बन मिलेर उक्त पिकनिक स्थलको रेखदेख तथा सरसफाइ गर्दै आएको कुरा सरसफाइको जिम्मेवारी पाएक वडा नं ६ का युवराज कार्कीले बताएका छन।

यो ठाउलाई अझै व्यवस्थित गरेर एउटा पर्यटकीय क्षेत्र संगै ताल निर्माण गरि सिमसार क्षेत्र निर्माण गर्न सकिने स्थानियले जनाएका छन।
हरियाली जंगलको बिच बाट बग्ने कटुन्जे खोला संगैको रमणीय स्थलमा अवस्थित यस पिकनिक स्थलमा बर्सेनि सयौं टोलीहरु सुन्सरी, मोरङ, झापा लगायतका विभिन्न जिल्लाहरु बाट पिकनिक खान आउने गरेको स्थानिय कटुन्जे सामुदायिक बनका सचीव रमेश बिष्टले जानकारी दिएका छन।
चौदण्दिगढी नगरपालिकाको मात्र नभएर उदयपुर जिल्लाकै ख्याति कमाउन सक्ने अनुमान गरिएको यस कुवाखानी पिकनिक स्थललाई स्थानीय सरकारले पिकनिक संगै पर्यटकीय स्थलको रूपमा बिकास गर्न सके नगरपालिकाको राम्रो आम्दानीको श्रोत बन्ने पक्का रहेको छ।
हाल उक्त पिकनिक स्थल पर्ने दुबै सामुदायिक बन मिलेर उक्त पिकनिक स्थललाई सरसफाइ तथा रेखदेख गर्न हरेक पिकनिक टोली बाट ३५० रुपैयाँ आर्थिक सहयोग लिने गरिएको छ।
हामी स्थलगत रिपोर्टिङको लागि जादा समेत यस पिकनिक स्थलमा बिश्व महामारीको रुपमा फैलिएको कोरोनाको कहरका बिच पनि आफ्नो सुरक्षा सतर्कता अपनाएर रमाईलो गर्दै पिकनिक खानेहरुको निकै ठूलो भिड देखिएको थियो।
यस पिकनिक स्थलमा जानको लागि चौदण्डिगढी नगरपालिकाको वडा नं ७ स्थित भुल्के जंगल बाट भित्र बस्नु पर्दछ भने अर्को बाटो मदन भण्डारी राजमार्गको औतारी थान मन्दिर संगैको बाटो भएर भित्र लगभग ३ किलोमीटर कच्ची बाटो हिड्नु पर्दछ।
यस कुवाखानी पिकनिक स्थल जानको लागि मदन भण्डारी राजमार्ग देखि पिकनिक स्थल सम्म बाटोहरुमा पिकनिक खान आउनेहरुको सहजताको लागि बाटोको विभिन्न ठाउँहरुमा साइनबोर्ड राख्न जरुरी दिखिएको।
पिकनिक स्थल प्रवेश हुदैगर्दा देखिने रातो माटोको डिस्काहरुको पहाड निकै आकर्ष र मनमोहक देखिन्छन भने उक्त पिकनिक स्थल भन्दा माथीको जंगलमा रहेको रंगकाठ (टिक जातको काठ) को सुरिला रुखहरु र ती रुखमा चराहरुको चिरबिर आवजले कुवाखानी पिकनिक स्तललाइ छुट्टै आनन्दित तुल्याउने गरेकोछ।

 

 

 

 

तपाईको प्रतिक्रिया