अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला

बेल्टार, चौदण्डीगढी नगरपालिका वडा न. ७ स्थित हाङ्गबजारका युवा समुहको सक्रियतामा आज बिरामी बुधन चौधरीलाई सहयोग रकम हस्तान्तरण गरेको छ।
चौदण्डिगढी नगरपालिका वडा नं. ७ स्थायी घर भएका पीडित बुधन चौधरी लामो समय देखि विभिन्न रोगले ग्रसित छन।
देश तथा विदेशमा छरिएर रहेका नेपालीहरूको सहयोगी हातहरुको साथ लिदैं बिरामी चौधरीलाई जम्मा ९८ हजार ६ सय ८९ रुपैयाँ आर्थिक सहयोग रकम आज स्थानीय अग्रज व्यक्ति एवंम सामाजिक व्यक्तित्वहरुको उपस्थितीमा हस्तान्तरण गरिएको हो।

बिरामी बुधन चौधरी विगत केहि वर्षदेखि सुगर रोगले ग्रसित भएर खुट्टामा समस्या, मुखमा समस्या आएको र कान समेत कम सुन्ने रोगबाट पिडित छन्।
पीडित चौधरीको आर्थिक अवस्था निकै कमजोर रहेको र उपचार गर्न समेत नसकिरहेको अवस्थामा हाङ्गबजारका युवाहरुले उनको थप उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको सहयोग हस्तान्तरण कमिटीका संयोजक अनिल राईले जानकारी दिनु भएको छ।
यस आर्थिक सहयोग बाट उनले राम्रो अस्पतालमा सफल उपचार गर्न केही बल पुग्ने स्थानीय समाजसेवीहरुले बताएका छन।
त्यसले उनको आर्थिक अवस्था कमजोर भएको कारण उपचारको लागि यो सहयोग अभियान चलाइएको अभियान्ता राई बताउछन्।

तपाईको प्रतिक्रिया