कटारी, कटारी नगरपालिका वडा नं ७ मर्जेपुरका दुई जनालाई अबैध भरुवा बन्दुक सहित प्रहरीले आज पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय कटारी बाट खटिएको प्रहरी टोलीले बिषेश सुराकीको
आधारमा कटारी नगरपालिका वडा नं ७ मर्जेतपुर बस्ने अन्दाजी ३० बर्षको रुद्र बहादुर तामाङ र सोही ठाउँ बस्ने अन्दाजी ३४ बर्ष को कृष्ण बहादुर तामाङ लाई एक नाल भरुवा बन्दुक सहित प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय कटारीमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतमले जानकारी दिनुभएको छ।