समाचार/लेखलाई सेयर गर्नुहोस् ।

बेल्टार, चौदण्डिगढी नगरपालिका वडा नं ३ बस्ने बैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिवादी सुजन राइलाई विहिबार साँझ ५ बजे प्रहरीले पक्राउ गरेको छ।

कृपया यो पेज Like गर्नु होला

गोप्य सूचनाका आधारमा आफ्नै घरमा लुकिछिपी बसिरहेको अबस्थामा ईलाक प्रहरी कार्यालय बेल्टार बाट प्रहरी निरीक्षक छे फिन्जो भोटेको बिशेष कमाण्डमा खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब निरीक्षक बेद प्रसाद गौतमले जानकारी दिनु भएको छ।
फरार प्रतिवादी राइलाई जिल्ला अदालत उदयपुरको फैसलाले बैदेशिक रोजगारको ठगी मुद्धामा १ लाख ५० हजार जरिवान र १ बर्ष ६ महिना ३ दिन कैद सजाय सुनाएको थियो। फरार रहेका फरार प्रतिबादी चौदण्डीगढी नगरपालिका ३ थुलुङडाँडा बस्ने ४३ वर्षिय सुजन राई हुन। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार फरार प्रतिवादीलाई फैसला कार्यन्वयनको लागि उदयपुर जिल्ला अदालत पठाईएको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया