लिम्चुङबुङ, उदयपुर जिल्ला को लिम्चुङबुङ गाँउपालिका वडा नं ३ सिर्वानीमा गए राती अन्दाजी ८ बजेको समयमा ट्याक्टरा बाट खसेर एक जनको निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

कृपया यो पेज Like गर्नु होला

ट्याक्टरको पछाडीको डालामा झुण्डिन खोज्दा लडी घट्नास्थलमा नै मृत्यु हुनेमा लिम्चुङबुङ गाँउपालिका वडा नं ३ सिर्वानी तिनचोके बस्ने नर बहादुर राना मगर को छोरा बर्ष ३४ को पदम बहादुर राना मगर रहेको प्रहरीले जनएको छ ।

ना ६ त १९०८ नम्बर को ट्याक्टरमा पछाडीको डालामा झुण्डिन खोज्दा डाला बाट लडी घट्नास्थलमा नै पदम बहादुर राना मगरको मृत्यु भएको हो ।
हाल उक्त ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरुगरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक बेद प्रसाद गौतम ले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया