अन्जनी कुमार अधिकारी
बेल्टार, चौदण्डिगढी नगरपालिकाको वडा नं. ९ ज्यामिरे बाट ईलाका प्रहरीले कार्यालय बेल्टारको गस्ती टोलीले अबैध सखुवा जातको काठ सहित एक जनालाई पक्राउ गरेको छ।
हिजो साँझ करिब ६ बजेको समयमा अबैध सखुवा जातको १२ थान आठ तिने बटम लुकाई छिपाई राखेको छ भन्ने बिषेश सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय बेल्टार बाट प्रहरी निरीक्षक छे फिन्जो भोटेको कमान्डमा खटिएको टोलिले अबैध काठ सहित स्थानीय राम कुमार चौधरीलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका चौधरीलाई थप आवस्यक कार्बाहीको लागि आज सब डिभिज बन कार्यालय बेल्टारमा बुझाईएको जिल्ला प्रहरी कार्यालय गाइघाटका प्रहरी नायब उपरीक्षक बेद प्रसाद गौतमले जानकारी दिनु भएको छ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया