गाईघाट ।  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत कटारीका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको कटारीका १४ वर्षीय बालक रहेका छन् ।

कृपया यो पेज Like गर्नु होला
बालकको शुक्रबार बिहान ९ बजेर ५० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । क्षयरोग र ‘प्लुरल एफ्युजन’को समस्या रहेका बालकलाई कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई विराटनगरस्थित नोबल अस्पतालले थप उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा रिफर गरेपछि कात्तिक १६ गते भर्ना भएका थिए ।

तपाईको प्रतिक्रिया