अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला

उदयपुर, चौदण्डीगढी नगरपालिकाको वडा नं. ६ बेल्टार सातधारेमा निर्माणाधीन उदयपुर कोभिड अस्पतालमा कोरोना भाईरस (Covid-19) संक्रमणको कन्ट्याक ट्रेसिङ्गमा परेका ब्याक्तिको आवस्यक्ता अनुसार नि:शुल्क PCR परिक्षण गर्ने लक्ष लिएको छ।

बिगतमा कोरोना संक्रमितको उपचारको लागि मात्र भनेर स्विस सरकारको १ करोड ५० लाख अनुदान सहयोग र उदयपुर जिल्लाका आठ पालिका मध्य ४ नगरपालिका बेलका, चौदण्डीगढी, त्रियुगा र कटारीले १५ लाख, अन्य ४ गाउँपालिका लिम्चुङबुङ, रौतामाई, ताप्ली र उदयपुरगढीले १० लाख गरि जम्मा भएको २ करोड ५० बाट निर्माण शुरु गरेको उदयपुर कोभिड अस्पतालले अन्ततः ठुलो योजना र लक्ष्य लिएको बताएको छ।

 

उदयपुर जिल्लाका आठ पालिकाहरु मिलेर गठित “उदयपुर पर्यटन बिकास बोर्ड” ले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्न चौदण्डिगढी नगरपालिकामा कोभिड अस्पताल निर्माण कार्यलाई तिब्रता दिदै आएको छ। सुरुवाती अवस्थामा ४० बेड सहितको अस्पताल निर्माण गरेर संक्रमित ब्याक्तीलाई अस्पतालमा भर्ना गरि सामान्य उपचार गर्ने लक्षबाट सुरु गरिएको भए पनि हाल देशमा कोरोना भाईरस संक्रमण तिब्रगतीमा फैलिन थालेको, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा समेत दिन प्रति दिन वृद्धि हुन थालेको अवस्थामा नेपाल सरकारले भने कोरोना संक्रमित ब्यातीले निजी खर्चमा आफैले उपचार गर्नु पर्ने, PCR परिक्षण समेत स्वयंले निजी खर्चमा नै गर्नु पर्ने बताए पछी आफ्ना जनताको जीउधन रक्षार्थ “उदयपुर पर्यटन बिकास बोर्डले” निर्माण गर्दै गरेको उदयपुर कोभिड अस्पतालले आफ्नै ल्याव राखेर आवस्यक ब्याक्तिको नि:शुल्क PCR परिक्षण गर्ने तथा उदयपुर कोभिड अस्पतालमा नि:शुल्क उपचार गराउने ब्यबस्था मिलाउन लागेको उदयपुर कोभिड अस्पताल संचालन समितिका संयोजक एवं चौदण्डिगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले जानकारी दिनु भएको छ। उदयपुर पर्यटन बिकास बोर्ड्ले संरक्षण गर्ने यस उदयपुर कोभिड-१९ अस्पतालमा हाल संचालन समिति सहित विभिन्न बिषयगत समिति गठन गरेर अत्यन्तै ब्यबस्थित तरिकाबाट कोरोना संक्रमित ब्याक्तिको उपचार गर्न आफुहरु लागि परेको अस्पताल संचालन समितिका संयोजक समेत रहेक चौदण्डिगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताउनु भएको छ। हाल यस उदयपुर कोभिड-१९ अस्पताल निर्माणको जिम्मा “धुलिखेल सुसम आदित्य रेग्मी जेभी” ले २ करोड ६८ लाख रुपैयाँमा भवन बनाउने गरी ठेक्का सम्झौता गरेको हो छ भने ठेक्का सम्झौता अनुसार यहि कात्तिक १७ गते अस्पताल सम्पन्न गरि हस्तान्तरण गर्नु पर्ने थियो तथापि दशै तथा तिहार जस्ता महान चाडका कारण निर्माणमा केही ढिला भएको भए पनी यहि मंसिर २० भित्र अस्पताल भवन हस्तान्तरण हुने बताइएको छ। ट्रस प्रयोग गरि निर्माण गरिने यस अस्पतालमा १४ कोठा रहने छन भने ४० शय्याको बेड, कोरोना भाइरस परिक्षणको लागि ल्याव र ८ ओटा भेन्टिलेटर रहने चौदण्डीगढी नगरपालिकाले जनाइएको छ । निकै प्रभावकारी अस्पताल बन्ने लक्ष सहित निर्माण शुरु गरिएको यस अस्पतालले कोरोना भाइरसको महामारी सकिए पश्चात् अन्य रोगको उपचारका लागि उदयपुरका जनताले बिराटनगर, धरान जस्ता ठुला र महगाँ अस्पताल धाउनु नपर्ने होकि भन्ने समेत उदयपुर बासीले अपेक्ष गरेका छन। हाल अस्पताल निर्माण हुँदै गरेको ठाउँ संगै रहेको सशस्त्र प्रहरीको बेसक्यामको लागि निर्मित भवनमा उदयपुर बिकास बोर्डलेनै कोरोना भाइरस संक्रमितको लागि कोभिड आईसुलेसन संचालन गरिरहेको छ जहाँ हाल सम्म ३७ जना माहिला र ७९ जना पुरुष गरि ११६ जना कोरोना संक्रमित ब्याक्ति उपचारको लागि भर्ना भएका छन जस मध्य ३४ महिला र ७४ पुरुष गरि १०८ जना सफल उपचार पश्चात् घर फर्किसकेका छन भने हाल यस आइसुलेसन सेन्टरमा ३ महिला र ५ पुरुष गरि ८ जना उपचाररत रहेको चौदण्डिगढी नगर स्वास्थ्य शाखा उपप्रमुख तेज बहादुर पोखरेलले जानकारी दिनु भएको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया