रौता । रौता पोखरीमा जारी खुल्ला भलिवल प्रतियोगितामा ताप्ली गाउँपालिकाको टिम प्रथम भएको छ । इमो बोखामा खम्बातिम धोद्रे र रौता निकास बजार समितीको संयुक्त आयोजनामा भएको भलिबल प्रतियोगितामा ताप्लीले उपाधी चुमेको हो । जिल्लाको प्रमुख पर्यटकीय स्थल रौता पोखरी क्षेत्रमा आयोजना गरिएको भलिबल प्रतियोगितामा बाराहा पोखरीले दोस्रो स्थान र लाफागाँउले तेस्रो स्थान हासिल गरेको आयोजक सीताराम चाम्लिङ राईले बताए । राईका अनुसार असोज २२ देखी २४ गते सम्म संचालित खेलमा पहिलो दोस्रो र तेस्रो हुनेहरुले क्रमस २० हजार, १० हजार र पाँच हजार नगद प्राप्त गरे । पुरस्कृत खेलाडीहरुलाई जिल्ला समन्वय समितिका उप प्रमुख गंगा राईले शिल्ड, प्रमाण पत्र र नगद पुस्कार बितरण गरेकी थिईन ।

कृपया यो पेज Like गर्नु होला

 

 

 

 

 

तपाईको प्रतिक्रिया