शम्भु प्रसाद सर्मा
सुकौरा । गोर्खा वेल्फेयर ट्रष्ट धरानको आर्थिक तथा प्राविधिक सहयोगमा भोर्ले खानेपानी योजना सम्पन्न भएको छ । त्रियुगा नगरपालिका  वडा नम्बर १६ भोर्लेमा खानेपानी योजना निर्माण सम्पन्न भएको हो ।
आज एक समारोह बिच खानेपानी योजना समुदायलाई हस्तान्तरण गरिएको छ ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) १ न. प्रदेश कमिटी सदस्य तथा प्रदेश न.१ का सांसद अम्बिका थापाको प्रमुख आथित्यतामा खानेपानी योजना समुदायलाई हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा सांसद थापाले पानी सफा पिउनु ,स्वस्थ्य रहनु नागरिकको मैलिक अधिकार भएकोले स्वच्छ पानी सबै नेपालीको पहुँचमा पुर्याउन सरकार लागि परेकाे बताउनु भयाे । उहाँले आगामी दिनहरूमा खेर जाने पानी बचत गरी कृषी प्रयोगमा ल्याइ  कृषि उत्पादन बढाउनमा जोड दिनु भयाे ।
निजी ३९ र १ वटा बिधालयमा गरी ४० वटा धारा जडान गरिएको छ ।  मल्टी आर्टी स्टिम बिधिमा गरिएको निर्माण गरिएको योजनामा पानी जम्मा गर्ने ट्याङकी ,पानी फिल्टर गर्ने ट्याङकी ,पानी सप्लाइ गर्ने ट्याङकी ६ वटा टयङकी र १ ड्याम समेत निर्माण गरिएको छ ।
कार्यक्रममा वेल्फेयर ट्रसका प्रोजेक्ट मेनेजर कृष्ण बहादुर सुब्बा, वडा अध्यक्ष मान बहादुर राई लगाएतकाे उपस्थिती रहेको थियो । योजनामा गोर्खा वेल्फेयरको करिब २१ लाख र उपभाेक्ता समितीको १४ लाख रकम खर्च भएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया