समाचार/लेखलाई सेयर गर्नुहोस् ।

अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला

बेल्टार, चौदण्डिगढी नगरपालिकाका संस्थागत बिधालयका शिक्षकले न्यायको खोजी गर्दै स्थानिय सरकार समक्ष लकडाउन अवधिभरको पारिश्रमिक दिलाइ दिन जोडदार माग गरेका छन। चौदण्डिगढी नगरपालिका भित्र रहेका २१ संस्थागत बिधालय मध्य १५ बिधालयका शिक्षकहरुले आज चौदण्डिगढी नगरपालिकाको वडा नं. ७ मा रहेको रामप्रसाद राई रंगशालामा भेला भएर मौन जुलुस सहित नगरपालिका पुगेर आफुहरुका माग पूरा गराइदिन नगर प्रमुख खगेन्द्र राई समक्ष निबेदन गरेका छन। मौन जुलुसमा शिक्षकहरुले “PABSON तिम्रो पाराले, दु:ख पाए निजी शिक्षक साराले” “सरकार तिमी कहाँ छौ?” “We want justice” “गरिखाने वातावरण देउ” “निजि शिक्षक चै जनता हैन?” ” राज्य किन निजि शिक्षक प्रती मौन?” “अभिभावक प्रती जिम्मेवार छौ” लेखिएका प्ले कार्ड सहित नगरपालिका पुगेका थिए। विश्व महामारीको रूपमा फैलिएको कोभिड १९ कोरोना भाइरस संक्रमणले देश गत २०७६ चैत ११ गते बाट पुरै लकडाउन भए संगै बिधालयका पठनपाठन पुर्ण रुपले हाल सम्म पनि बन्द रहेका छन भने यस बिधालय बन्द अवधी भरको पारिश्रमिक पाउनु पर्ने संस्थागत बिधालयका शिक्षकहरुको माग रहेको छ भने बिधालय संचालक तथा PABSON यो माग पुर्णतः पूरा गर्न तत्पर देखिएका भने छैनन। चौदण्डिगढी नगर PABSON का अध्यक्ष सुनिल प्रधानका अनुसार शिक्षकहरुको माग जायज भएको भए पनि पुर्णतः सम्बोधन गर्न कठिनाइ रहेको जानकारी दिएका छन। प्रधानका अनुसार नगरपालिकाले संस्थागत बिधालयका शिक्षकको पारिश्रमिक दिन केही सहयोग गरिदिए उक्त सहयोगमा बिधालयको तर्फबाट पनि केही गर्ने गराउने तर्फ आफुहरु केन्द्र सम्मै पहल गर्न तयार रहेको बताएका छन।

गत असोज १७ गते संस्थागत बिधालयका बृहत शिक्षकहरुको भेला गरि “चौनपा संस्थागत बिधालय शिक्षक संघर्ष समिति” गठन गरेर आफुहरुले लकडाउन अवधि भरको पाउनु पर्ने पारिश्रमिक पाउ भनी नगर PABSON को कार्यालय पुगेरै निवेदन दिएको भए पनि हाल सम्म कुनै सुनवाइ नभए पश्चात् आफुहरु न्यायको खोजी गर्दै स्थानीय सरकार समक्ष आउनु परेको संघर्ष समितिका संयोजक बिक्रम कार्कीले जानकारी दिएका छन। मौन जुलुसमा सहभागी शिक्षक रोमन सुबेदीका अनुसार जिम्मेवार, विवेकशील र पबित्र पेसाका रुपमा चिनिने शिक्षण पेसालाईनै आफुहरुको प्रमुख पेसा भएको कारण आफुहरुलाई घर खर्च गर्न तथा आउँदै गरेको बिजया दशमी (दशै) जस्तो पर्व मनाउन समेत कठिनाई भएको कारणले गर्दा आन्दोलित हुनुको विकल्प नरहेको बताएका छन।

आजै चौनपाका प्रमुख खगेन्द्र राईले संघर्ष समिति पदाधिकारी, PABSON का पदाधिकारी, निजि बिधालय संचालक एवं नगर शिक्षा शाखा प्रमुख समेतको उपस्तिथि गराई समस्या समाधान गर्ने प्रयास गर्नु भएको थियो यद्यपि संघर्ष समिति तथा अर्को पक्ष पुर्ण तयारी सहित उपस्थित नभएको कारण आउने सोमबार अर्को बैठक बस्ने गरि आजको बैठक स्थगित भएको संस्थागत बिधालयका शिक्षक मिलन रिजालले जानकारी दिएका छन।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया