कृपया यो पेज Like गर्नु होला
गाईघाट । त्रियुगा नगरपालिका वडा नं.१३, बहेड्वाकी रमिला चौधरीले आफ्नो बस्ने दुवै मिर्गौला खराबी देखिएर जीवन र मृत्युसँग सङ्घर्ष गररिहेका प्रथम कुमार चौधरीलाई उपचारको लागि आर्थिक साहायताको अपिल गरेकी छिन ।
ज्यालादारी तथा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका २७ बर्षिय चौधरीको मिगौलामा समस्या आएपछि श्रीमान बचाउन आर्थिक सहायताको अपिल गरेकी हुन ।
आफ्नो श्रीमानको दुवै मिगौलामा समस्या देखिएकोले प्रत्यारोपण गर्नु पर्ने भएको विरामीकी श्रीमती रमिलाले बताईन । ‘घरको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ ।’ एक सन्तानको पिता समेत रहेका विरामी पतिलाई बचाउन अनुरोध गर्दै रमिलले भनिन ‘ रोग पत्ता लगाउदैमा घरमा भएको जति सबै रकम सकियो, डाक्टरले मिगौला फेर्न भनेका छन तर अहिले डाइलेसिस गर्ने समेत रकम छैन ।’ विरामीलाई १५/१५ दिनमा डाइलेसिस र रगत दिनु पर्ने तर आफु सग कुनै जायजेथा र रकम नभएकोले स्वास्थ्य उपचारको लागि आर्थिक साहायता गरि दिन हुन देश विदेशमा रहनु भएको सम्पूणर् सहयोगी मनहरुलाई रमिलाले अनुरोध गरेकी छिन । श्रीमानको औषधी उपचारमा सहयोग गर्न ईच्छुक महानुभावहरुले उत्तिम चन्द्र चौधरीको मोवाईल नं. ९८६२९४५८३४, ९८१९७८५११२ मा सम्पर्क गर्न सक्नु हुने छ । साथै राष्ट्रिय बाणिज्य बैक गाईघाट मा रहेको प्रथम बचाउ अभियान समिती उदयपुर को चल्ती खाता न(2090100030520001, PRATHAM BACHAU ABHIYAN SAMITI UDAYAPUR मा समेत रकम सहयोग गर्न सक्ने जनाईएको छ ।

तपाईको प्रतिक्रिया