बेल्टार, चौदण्डीगढी नगरपालिका वडा नं. ७ बेल्टार बजारको बिपी चोकमा संचालित एक पोलिक्लिनिककी संचालिका अबैध गर्भपतन गराएको आरोपमा पक्राउ परेकी छिन। चौदण्डीगढी नगरपालिका ७ बेल्टारमा संचालित हिरा पोलिक्लिनिककि संचालिका हिरा चौधरीलाई ईलाका प्रहरी कार्यालय बेल्टारले अबैध गर्भपतन गराएको आरोपमा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख बुद्धिराम चौलागाईंले जानकारी दिनु भएको छ। पक्राउ परेकी चौधरीलाई आजै जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय गाइघाटका प्रहरी नायब उपरीक्षक गोबिन्द पुुरीलेे बताऊनु भएको छ। गत श्रावण १७ गतेका दिन चेकजाँचका लागि पोलिक्लिनिक पुगेकी चौदण्डीगढी नगरपालिका-८ कि एक महिलाको गर्भपतन गराएको आरोप चौधरीलाई प्रहरी लगाएको छ। गर्भपतनपछि महिलाको रक्तश्राव नरोकिएपछि घटना बाहिर आएको थियो। यस अघि पीडित महिला जिल्ला स्थित एक अस्पतालमा गएर चेक गराएको र त्यहाँ डाक्टरले सबै रिपोर्ट ठिक रहेको बताएको भए पनि घर आए पछी रक्तश्राव हुन शुरु भए पछी उनी बेल्टार स्थित हिरा पोलिक्लिनिकमा चेक गराउन पुगेकी थिइन। उक्त पोलिक्लिनिकमा चेकजाँच पश्चात् पेटको बच्चा को अवस्था ठिक नभएको भन्दै गर्भपतन गराउन हिरा पोलिक्लिनिककी संचालिकाले भनेको र श्रावण १७ गते गर्भपतन गराइएको बुझिएको छ। गर्भपतन गराए पछि महिलाको रक्तश्राव नरोकिएको र पुनः उनी उक्त पोलिक्लिनिकमा श्रावण ३० गते रक्तश्राव नरोकिएको भन्दै चेक गराउन पुगिन तर पोलिक्लिनिक संचालिका हिरा चौधरीले आफुले रक्तश्राव रोक्न नसक्ने भन्दै थप उपचारको लागि बाहिरलान सुझाव दिएकी थिईन। यसरी चौधरीले गर्भपतन गराएको तर महिलाको रक्तश्राव रोकथाम गर्न नसके पछी थप उपचारको लागि बहिर जानू पर्दा पीडित महिला आक्रोशित बन्दा उक्त घटना बहिर आएको भए पनि अन्तिम अवस्थामा आफू कुनै मुद्धामामिला नगर्ने भन्दै पीडित महिलाले उजुरी दिएकी थिइनन यद्यपि प्रहरीले घटनाको बास्तबिकता बुझ्ने क्रममा अनुसन्धान गर्दै जादा पीडित महिलाले हिरा पोलिक्लिनिककि संचालिका हिरा चौधरी बिरुद्ध अबैध गर्भपतन गराएको आरोपमा प्रहरीमा उजुरी दिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त पोलिक्लिनिकमा बिगत लामो समय देखि अबैध गर्भपतन गराउने गरेको पाइएको र यसता गलत एवं अबैध कार्यरोक्न आफू र आफ्नो टिम सदैव सकृय रहेको इप्रका प्रमुख प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंले बताएका छन।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया