मोरङ । साथीकाे घर जान्छु भनि हिडेका बिराटनगर महानगरपालिका वडा नं- ४ बस्ने  २५ बर्षिय एक युवा १५ दिन बितिसक्दा पनि फर्केर नआएपछि परिवारले खोजी गरिदिन संचारकर्मी समक्ष आग्रह गरेका छन । बिराटनगर ४ आयल निगम तिरुपती मार्ग बसाेबास गर्ने विकल अधिकारी ६ श्रावण २०७७ बाट साथीको घर जान्छु भनी हिडेकोमा हाल सम्म पनि कुनै सम्पर्कमा नआएको भन्दै परिवारले खोजी गरिदिन सम्पुर्णमा अपिल गरेको हाे। अधिकारी बुवाआमा, श्रीमती र एक छोरी सहित एक बहिनीका साथमा बस्दै आएका थिए। अधिकारी निजि क्षेत्र बाट संचालित स्कुलमा शिक्षण पेशा अपनाउदै गरेका ब्याक्ती रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ। बेपत्ता विकल अधिकारीलाई देख्नु र भेट्नु हुने जोकोहीले परिवार संग सम्पर्क गराउनु भएको खण्डमा परिवार द्वारा उचित पुरस्कार प्रदान गर्ने अधिकारीका बुवा पुस्कल अधिकारीले बताउनु भएको छ। बेपत्ता अधिकारीलाई फेला पार्ने जोकोहीले पनि जिल्ला प्रहरी कार्यालय मोरङ वा नजिकको प्रहरी कार्यालयमा जिम्मा लगाउन सक्नु हुने छ भने उनको बारेम जानकारी हुनेले अधिकारीकि श्रीमती निमिस्ता भट्टराई अधिकारीलाई सम्पर्क गर्न सकिने परिवारले जनाएको छ त्यसको लागि सम्पर्क 9842343900, 9829378887, 9852054570 रहेको छ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया