बेल्टार, चौदण्डीगढी नगरपालिकाको वडा नं. ४ स्थित मगरडाँडाको बुइपाली टोल बस्ने लाल बहादुर बिस्वकर्माका छोरा बर्ष १९ का प्रकाश बिस्वकर्माको पोखरीमा पाैडी खेल्ने क्रममा डुबेर आज मृत्यु भएको छ।
आज दिउँसो अन्दाजी १२ बजे तिर आफ्ना साथीहरु सहित भीमडाँडा पूर्व करौजेखोला किनारमा निर्मित भिम बान्तावाको पोखरीमा पाैडी खेल्न गएका उनीहरु मध्य प्रकाश पौडी खेल्दै गर्दा पोखारीबाट बाहिर ननिस्किएपछी उनका अन्य साथीहरुले परिवार तथा प्रहरीमा खबर गरेका थिए ।
खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय बेल्टार र मातहतको प्रहरी चौकी बसाहाबाट खटिगएको प्रहरी टाेली र स्थानीयको सहयोगमा मृतक प्रकाशको शवलाई लगभग ३ घन्टापछि पानीमुनिको लेदोबाट तानेर निकालेको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख बुद्धिराम चौलागाईंले जानकारी दिनु भएको छ।
मृतक प्रकश बिस्वकर्माको शवलाई पाेष्टमार्टमकाे लागि सदरमुकाम गाइघाट ल्याएको जिल्ला प्रहरी कार्यालय गाइघाटका प्रहरी नायब उपरीक्षक गोबिन्द पुुरीलेे बताऊनु भयो ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया