अन्जनी कुमार अधिकारी रामपुर । प्रहरी मेरो साथी भन्ने नारा नेपाल प्रहरीको हो तर यो नारालाई केही प्रहरीले गरेको गल्तीको कारण मजाकको बिषय बनाईन्छ तर आईतबार बेलका नगरपालिका परिसरमा घटेको एक दृष्यले भने प्रहरी मेरो साथी नै हो भनेर पुष्टी भएको छ ।  उदयपुर जिल्लाको बेलका नगरपालिकामा भ्रष्टाचार भएको भनी छानबिन माग गर्दै भएको प्रदर्शनमा हिजो आइतबार एउटा सारै मन छुने दृश्य देखियो। प्रदर्शनकारी र प्रहरीबीच झडप हुनु भन्दा अगाडि एक प्रहरी दुई हात जोड्दै प्रदर्शनकारीहरुसंग बिन्ति बिसाइरहेका थिए कृपया आन्दोलन नगर्नुस् भन्दै। धेरै अनलाइन खबरले उक्त आन्दोलनको समचारलाई तोड्मोड गरेर प्रहरीले शान्तिपुर्ण बिरोधलाई दमन गरेको समाचार सम्प्रेषण गरेको भए पनि यो तस्बिर देख्दा प्रहरी दमन कहाँ भयो? कसरी भयो भन्ने गम्भीर प्रश्न गर्न मिल्ने ठाउँ देखिन्छ।

कृपया यो पेज Like गर्नु होला

श्रावण ७ गते बेलका नगरपालिकाकी उपमेयर राजुकमारी चौधरीले नगरमा भ्रष्टाचार भएको भन्दै आफू पद पार्टीलाई हस्तान्तरण गर्ने  घोषणा गरेकी थिइन् । पछि उपमेयर राजकुमारी चौधरीले श्रावण ११ गते विज्ञप्ती मार्फत आफ्नो भनाई भुलवस पोष्ट भएको भन्दैं एउटा बिज्ञप्ती मार्फत उक्त भनाइ फिर्ता लिएकी थिइन तर नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपा लगायतका स्थानीय राजनीतिक दलले भ्रष्टाचार छानबिनको माग राख्दै आन्दोलन गरेका हुन्। बेलका नगरपालिकको रामपुर बजारमा यतिबेला कोरोना जोखिम भएकाले प्रर्दशन, भेला र सभा गर्न निषेध गरिएको भएपनि ठूलो संख्याको उपस्थितीमा प्रर्दशन भएपछि नियन्त्रण गर्न खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भिमबहादुर दाहालले जानकारी दिनुभएको छ। ‘प्रर्दशनकारीलाई नियन्त्रण गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण प्रयास भयो,’ प्रहरी उपरीक्षक दाहालले भने, ‘त्यसै क्रममा झडप हुँदा एक प्रहरी जवान र केहि प्रर्दशनकारी घाइते भएका छन् ।’ वास्तवमै आन्दोलनकारी गतिविधि र उत्तेजनालाई हेर्ने हो भने तस्बिरमा एक प्रहरी कर्मचारीले हात जोडेर आन्दोलन नगर्न प्रेरित गरेको देख्दा प्रहरी दमन नभएको बुझ्न सकिन्छ।

बेलका नगरपालिकामा कोरोना संक्रमण स्थानियमा फैलिन थालिसकेको अवस्थामा भिडभाड गर्न, सभा सम्मेलन गर्न नदिनु प्रहरीको कर्तब्य हुन आउँछ यद्यपि भ्रस्टाचारको नाममा स्थानीय प्रतिपक्षी दलले गरेको उक्त बिरोधलाई नियन्त्रणमा लिदा केही बल प्रयोग गर्नु परेको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख बुद्धिराम चौलागाईंले जानकारी दिनु भएको छ। ईलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख बुद्धिराम चौलागाईं, ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख रामचन्द्र शाह र सशस्त्र प्रहरी बल रामपुरका प्रमुख को कमाण्डमा खटिएको प्रहरीले स्थिति आफ्नो नियन्त्रणमा लिएको थियो। स्थानीय नेताकार्यकर्ता माथी बल प्रयोग गर्नु पर्ने कुनै रहर नभएको तर कोरोना जस्तो महामारीको बेला प्रहरी कर्मचारीले हात जोडेर बिन्ती गर्दा समेत आन्दोलनकारी झन उत्तेजित हुदै ढुङ्गामुढा हान्न थालेपछी स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्नु परेको प्रहरीले जनाएको छ। यो कोरोनाको महामारीको समयमा यस्तो किसिमको विरोध जुलुस र झडप हुनु दुखद हो।यदि बेलका नगरपालिकाका मेयरले भष्ट्राचार गरेकै भए अख्तियार दुरुपयोग अनुसन्धान आयाेग, सतर्कता केन्द्र वा अन्य सम्बन्धित निकायमा उजुरी गरेर सत्यतथ्य छानबिन गराउन सकिने अवस्था हुदाहुदै कोरोना कहरको सामाजिक दुरी कायम गर्ने बेलामा पार्टीका कार्यकर्ताहरुलाई सडकमा उतारेर पौंठेजोरी खेल्नु आफैंमा लज्जास्पद रहेको स्थानीयहरुले बताएका छन।

तपाईको प्रतिक्रिया