शम्भु प्रसाद शर्मा रामपुर / बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापा स्वस्तीकले आन्दोलनरत बिपक्षी दललाई खुल्ला रुपमा चुनौती दिएका छन । मेयर थापाले आईतबार नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरि आन्दोलनरत विपक्षी दललाई नगरपालिकामा भ्रष्टचार पुष्टी गरेर देखाउन खुल्ला चुनौती दिएका हुन ।  भ्रष्ट कर्मचारी लाई मेयर दुर्गाकुमार थापले संरक्षण गरेको भन्दै बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले समाजिक सञ्जालमा लेखेको स्टाटसलाई आधार बनाएर प्रतिपक्षीले आन्दोलन गरेपछि अख्तियारमा उजुरी गरेर कारवाही गर्न चेतावनी दिएका छन् ।

कृपया यो पेज Like गर्नु होला

पत्रकार सम्मेलनमा मेयर थापाले झुटो आरोप लगाउने प्रतिपक्ष दललाई अख्तियार र सतर्कता केन्द्रमा उजुरी हाले छानविनमा सहयोग गर्ने बताए । आफु विरुद्ध उपप्रमुखले चौधरीले साउन ७ गते सामाजिक सञ्जाल फेसबुकमा भ्रष्टचारी बचाउन खोजेको भन्ने आसयको स्टाटस सच्चाइसकेको बताउदैं भ्रष्टचार भएको भए कारवाही भोग्न तयार रहेको बताएका छन् । उपमेयर रामकुमारी चौधरीले श्रावण ११ गते विज्ञप्ती मार्फत भनाई भुलवस पोष्ट भएको भन्दैं फिर्ता लिएकी थिइन ।

नगरपालिकाको पूर्ण वैठकले नगर प्रवक्ता मोहन घिमिरेको संयोजकत्वमा दिनेश्वरप्रसाद चौधरी र जयकुमार राई सदस्य रहेको छानविन समिति बनिसकेकोले नगरपालिकामा कुनै अनियमितता भ्रष्टाचार भएको भए, विपक्षीलाई उजागार गर्न तथा भ्रष्टाचार नियमनका लागि गठित अख्तियारलगायतको निकायमा गई कारवाही गराउन विज्ञप्तिमा चेतावनी दिइएकाे छ ।
सहायक कम्युटर अपरेटरको रुपमा करार नियुक्ति पाएका सन्तोष पौडेलले सेटिङ गरेर भ्रष्टचार हुने गरेको प्रतिपक्ष दलहरुको आरोप छ ।  उनको कार्यशैलीमा विवाद आए पछि उनको करार थप गरिएको छैन् ।

बेलकाका जनप्रतिनिधीले कुनै अनियमितता गरेका छैनन : नेकपा अध्यक्ष तामाङ्ग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बेलका नगर कमिटीका पदाधिकारी सहित आयोजित पत्रकार सम्मेलनमा माउ पार्टीले बेलकामा बिपक्षीले आरोप लगाए जस्तो कुनै अनियमितता नगरेकाे दावी गरेका छन । नेकपाका बेलका अध्यक्ष मनोज तामाङ्गले जनप्रतिनिधीले कुनै अनियमितता नगरेकाे बताएका छन । “हामीलाई बेलका नगरका जनप्रतिनिधी प्रति असिमित बिश्वास छ ।” अध्यक्ष तामाङ्गले भने “पार्टीको बिश्वासलाई बेलका नगरपालिकाका जनप्रतिनिधीले कुनै विश्वासघात गर्नु हुने छैन ।”

तपाईको प्रतिक्रिया