अन्जनीकुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला

बेल्टार, चौदण्डीगढी नगरपालिकाको वडा नं.-७ हेल्थपोस्ट डाडामा अवस्थित रामप्रसाद राई रंगशाला निकट अवस्थामै गौचरनमा परिनत हुने सम्भावना देखिएको छ। रामप्रसाद राई रंगशालाको खेल मैदानमा घाँस अत्याधिक बढेपछि उक्त खेल मैदान गौचरन बन्ने सम्भावना बढेको हो।

स्थानीय बेल्टार युनाइटेड युथ क्लबका अध्यक्ष बुद्धहाङ्ग राईका अनुसार उक्त खेल मैदानको घाँस कटिङ्ग गरेर खेल खेल्न योग्य मैदान बनाई दिन नगर खेलकुद समितिलाई पटक पटक भन्दा पनि बेवास्ता गरेको ले आफुहरुले आफ्ना अभिभावक सम्झेर नगर प्रमुख समक्ष आग्रह गर्दा सनेत सुनवाइ नभएको दुखेसो पोखेका छन। बेल्टार युनाइटेड युथ क्लबका खेल क्याप्टेन सरद राईले खेल मैदान गौचरन जस्तो बन्दा आफुहरुले खेल प्राक्टिस गर्न नपाएको गुनासो ब्यक्त गरे।

दैनिक तीन चार टोली मिलेर खेल खेल्ने भएको भए पनि खेल मैदान पुरै घाँसे मैदान हुदा कोही खेलाडी पनि प्राक्टिस गर्न आउन छाडेको जानकारी दिएका छन। बेल्टार युनाइटेड युथ क्लबका अध्यक्ष राईले आफुहरुलाई खेल खेल्ने राम्रो मैदान नभएको र नगरकै ऐतिहासिक बन्न सक्ने रामप्रसाद राई रंगशाला समेत उचित रेखदेख नहुदा आफुहरु खेल बाट टाडा हुनु पर्ने अवस्था हुँदै गरेको र खेल खेल्न बलहरु समेत समयमा उपलब्ध नहुदा अझै पिडा भएको जानकारी दिएका छन। उता यस बिषयमा कुरा गर्दा नगर खेलकुद बिकास समितिका अध्यक्ष शसिचन्द्र राईले आफुहरु यस खेल मैदानलाई योग्य बनाउनका लागि लागीपरेको र छिट्टै घाँस काट्ने मिसिन ल्याएर घाँस काटिने जानकारी दिनु भएको छ। एक लाख भन्दा माथीको कुनै पनि सामाग्री खरिद गर्दा टेण्डर प्रक्रिया मार्फत गर्नु पर्ने ब्यबस्था भएकोले घाँस काट्ने मिसिन खरिदमा ढिलाइ भएको बताउनु भएको छ।

यता नगरपालिकाबाट गतबर्षहरुमा बर्षिक रुपमा लगभग १ करोड जति खेलकुदका लागि बजेट बिनियोजन हुने गरेको भए पनि कोरोनाको कारण यो बर्ष ५० लाख मात्र बिनियोजन गरेको हुदा नगरभरी बार्षिक क्यालेन्डर अनुसारका कार्यक्रम गर्न समेत कठिन भएको नगर खेलकुद समितिका अध्यक्ष राईले जानकारी दिनु भएको छ।  यस खेल मैदानलाई आकर्षक बनाउन आफुहरु लागि परेको भएपनि बजेट अभावमा प्रयाप्त काम गर्न नसकिएको हाे ।

तपाईको प्रतिक्रिया