अन्जनीकुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला

बेल्टार, चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा पनि नेपाल प्रहरीले कोरोना संक्रमण फैलिन नदिन पुनः कडाई गर्न थालेको छ। देश भर कोरोनाको संक्रमण समुदायमा फैलिन थालेको अवस्था र हिजो मात्र झापामा कोरोना पोजेटिभ पाइएका एक सशस्त्र प्रहरीका जवान बेल्टारमा रहेको उनको ससुराली घरमा एक हप्ता बसेर गए पश्चात् पोजेटिभ आएको भन्ने खबर बाहिरिए संगै बेल्टार बजारमा कडाई शुरु गरिएको ईलाका प्रहरी काcर्यालय बेल्टारका प्रमुख प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंले जानकारी दिनु भएको छ। आज बाट ईलाका प्रहरी कार्यालय बेल्टार बाट खटिएको प्रहरीले बजार क्षेत्रमा मायकिङ्ग गर्दै माक्स प्रयोग नगरी बजारमा हिड्ने जोकोहीलाई पनि पक्राउ गरि सक्रमण रोग ऐन २०२० बमोजिम जनही १ सय रुपैया जरिवाना तथा ६ महिना सम्म कैद राख्न सक्ने जनाएको छ। स्थानीय सर्बसाधारणलाई प्रहरीले माक्सको प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न, अनावश्यक भिडभाड नगर्न तथा बजारमा नहिड्न समेत आग्रह गरेको छ। उता चौदण्डीगढी नगरपालिका स्थित उदयपुर कोभिड अस्पतालमा ६ जना कोरोना संक्रमित उपचाररत छन भने चौदण्डीगढी नगरपालिकाका ३५ जनाको पिसिआर रिजल्ट आउन बाकी रहेको र हाल २६ जना क्वारेन्टिनमा रहेको कुरा नगर जनस्वास्थ्य शाखा उपप्रमुख तेज बहादुर पोखरेल जानकारी दिनु भएको छ।

 

 

तपाईको प्रतिक्रिया