गाईघाट । बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरीको फेसबुक स्टाटसमा व्यक्त कुरालाई लिएर राजनीति गर्ने उद्देश्य तुहिएको छ । उप मेयर चौधरीले पाँच दिन अघि नगरपालिकामा भष्ट्राचार ाभएको आसय सहितको स्टाटसमा राजनिति गर्ने नेपाली काग्रेस बेलकाको उद्देश्यमा ब्रेक लागेको हो । उपप्रमुखले आईतबार एक विज्ञप्ती जारी गरि फेसबुकमा लेखेका कुराहरुको स्पष्टीकरण दिएपछि यो केस ढिसमिस भएको जनाईएको छ । उपप्रमुख चौधरीले विज्ञप्तीमा आफुले फेसबुकमा लेखेका कुराहरुले नगरपालिकाका विभिन्न क्षेत्रमा परेका चोटप्रति दुख व्यक्त गरेकी छिन । ‘काम गर्ने सिलसिलामा आफुबाट भएको कमजोरीलाई सच्याउने प्रतिबद्धता सहित आत्मालोचना गर्दछु’ उपमेयर चौधरीले विज्ञप्तीमा भनेकी छिन ‘मैले उठाएका विषय नगरप्रमुखले म काठामाण्डौ रहेको बेला सम्बोधन गरिसकेको अवस्थामा ढिलो गरि जानकारी हुन आएकाले यो अवस्था उत्पन्न भएको हो ।’
उपमेयर चौधरीले आफुले फेसबुकमा राखेका कुराहरुको बारेमा विज्ञप्ती मार्फत जानकारी दिएपछि चरणबद्ध आन्दोलन घोषणा गरेको बेलकाको छाया सरकारमा फेरी ग्रहण लागेको छ । कहिले ढुङ्गा गिटी बालुवा, कहिले राहतको चामल, कहिले बाढि पहिरोको आडमा राजनीति गर्दै आएको बेलका काग्रेस फेरी एककदम पछाडी नै परेको बेलकाका बुद्धिजिवीको निष्र्कष छ । अनियमितताको आरोप लागेका कर्मचारी समेत नेपाली काग्रेसमै आस्थावान भएकाले बेलका काग्रेसले अब भ्रष्ट्राचारको संरक्षण गर्छ की बेलका नगरपालिकाको अनियमितता गर्ने कर्मचारी बखास्तीको स्वागत गर्छ ? त्यो भने हेर्न बाँकी नै छ ।

कृपया यो पेज Like गर्नु होला

यस्तो छ बेलकाका काग्रेसले फेसबुकमा लेखेका स्टाटस

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया