उदयपुर । रिटर्नी माइग्रेंट नेपाल (Returnee Migrant Nepal) को उदयपुर जिल्लाको तदर्थ कमिटी २०७७ श्रावण ७ गते बुधबारको दिन जिल्ला सदरमुकाम गाईघाट स्थित ग्रीन सिटी होटलमा आयोजित भेला मार्फत विधिवत गठन गरिएको छ। लामो समय प्रवासमा बिताएका अन्जनी कुमार अधिकारीको संयोजकत्वमा १३ सदस्य तदर्थ समिति गठन गरिएको हो। उक्त कमिटीमा सह-संयोजक ओमराज लिम्बू, सचिवमा भुवन राई, कोषाध्यक्षमा मन्जु चौधरी एवं सदस्यहरुमा सागर ठकुरी, होम बस्नेत, गजेन्द्र बस्नेत, जीवन खड्का, वसन्दीप लिम्बू र गोविन्द बिष्ट रहनु भएको छ भने सह-सचिव र तीन जना सदस्य एक हप्ता भित्र पुर्णता दिने निर्णय गरिएको नव गठित तदर्थ समितिका संयोजक अन्जनी कुमार अधिकारीले जानकारी दिनु भएको छ। हिजो सम्पन्न उदयपुर जिल्ला भित्रका रिटर्नी माइग्रेंटको बैठकलाई zoom apps मार्फत रिटर्नी माइग्रेंट नेपाल केन्द्रिय कमिटी अध्यक्ष उत्तम अधिकारी र १ नम्बर प्रदेश कमिटी अध्यक्ष गोकुल थापाले सहजीकरण एवं मार्गदर्शन गरेका थिए । नव गठित उदयपुर जिल्ला तदर्थ समितिका संयोजक अधिकारी प्रवासमा रहदा समेत धेरै संघसंस्थामा आबद्ध भएर समज सेवा गरेका ब्याक्तित्व हुन भने नेपाल फर्किए सगै अनलाइन पोर्टोलमा रिपोर्टरको काम समेत गर्ने सामाजसेवी ब्याक्ती हुन। के हो रिटर्नी माइग्रेंट नेपाल? चरम आर्थिक पछौटेपन, देशमा व्याप्त बेरोजगारीको समस्या, अप्राविधिक र गुणस्तरहीन शिक्षा अनि भाबिस्यप्रतिको अन्योलतासंगै पारिवारिक जिम्मेवारी, बालबच्चाको पालन पोषण र उचित सिक्षादिक्षाका लागि लाखौँ नेपाली युवाहरु बैदेशिक रोजगारीलाई अंगालेर बिदेशिएका छन् र यो क्रम निरन्तर चलिरहेको छ । ती मध्ये केहि स्वेच्छाले, केहि कार्यरत कम्पनि बन्द भएर, केहि अस्वस्थ भइ उपचार गराउन नसकेर, केहि दुर्घटनामा परि अंगभंग भएर, केहि कम्पनीका पदाधिकारीको डर-धम्कि-त्रासले गरेर, केहि कम्पनिसंगको करार अबधि सकिएर, अनि धेरै चाहिं अब त आफ्नै देश, आफ्नै परिवार, आफन्त र समाजमा बसेर केहि रोजगारी,उद्यम गरेर जीवनयापन गर्ने उद्देस्यले स्वदेश फर्किरहेका छन् । दशकौंसम्म राज्यले आफ्ना नागरिकलाई उपलब्ध गराउने सबै सेवा, सुबिधाबाट बन्चित रही तत्-तत् समयमा धेरथोर रेमिटेन्स मार्फत यो राज्यको अर्थतन्त्र निर्माणको सारथि बनेका तप्का हुन् बैदेशिक रोजगारबाट फर्किएका नेपाली । कुनैसमय रेमिटेन्स लक्षित अंक भन्दा घट्दा पांच तारे होटेलमा सम्मेलन गरेर कसरी रेमिटेन्स बढाउन सकिन्छ भनेर गोष्ठी गर्ने राज्य त्यहि ढुकुटी निर्माणमा योगदान गरेका आफ्ना नागरिक स्वदेश फर्किएपछी कस्तो अबस्थामा छन्, उनीहरुले आर्जन गरेको पुंजी कसरी प्रयोग भइरहेको छ, उनीहरुले हासिल गरेको प्रविधियुक्त सीपलाई कसरी राष्ट्र निर्माणमा लगाउन सकिन्छ भनेर खोजीनिती नै गरिरहेको छैन । बास्तवमै राज्यको खोजीको बिषय बन्न नसकेको तर समृद्धिको यात्राको ठुलो सम्भावना बोकेको सीप, अनुभव र धेरथोर लगानीयोग्य पुंजी लिएर बसेका छन् स्वदेश फर्किएका पूर्व प्रवासी श्रमिकहरु जसलाई कुनैन कुनै माध्यम बाट राज्य सग जोड्न स्थापन गरिएको छाता संगठन हो रिटर्नी माइग्रेंट नेपाल (Returnee Migrant Nepal

कृपया यो पेज Like गर्नु होला

 

तपाईको प्रतिक्रिया