बेल्टार । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस आज श्रावण ७ बुधबारका विभिन्न कार्यक्रम गरी देश भर मनाइँएको छ। जस अन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको बेल्टार स्थित पुष्पलाल चोकमा समेत एक कार्यक्रमका बिच स्मृति दिवस सम्पन्न गरिएको छ। हरेक वर्ष पुष्पलाल स्मृतिमा विशेष कार्यक्रम गर्दै आएको नेकपा नगर कमिटीले यो वर्ष भने कोभिड–१९ का कारणले ठूलो औपचारिक कार्यक्रम नराखेको नेकपा जिल्ला कमिटी सदस्य किशोर ताम्राकारले जानकारी दिनु भएको छ। नेपालमा कम्युनिस्ट पार्टी मार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यकासाथ नेपाल कम्युनिस्ट पार्टी स्थापना गरि संघर्षपुर्ण राजनीति गरेका पुष्पलाल श्रेष्ठको २०३५ साल साउन ७ गते आजकै दिन भारतको नयाँदिल्ली स्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित श्रेष्ठले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि संघर्ष गर्नु भएको थियो। पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भङ्गेरीमा विसं १९८१ असार १५ मा पुष्पलालको जन्म भएको थियो । पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइ हुनु। पुष्पलालको नेतृत्वमा नेपालमा पहिलोपटक विसं २००६ साल वैशाख १० गते नेकपा स्थापना भएको थियो । उहाँले स्थापना गरेको नेकपा विभिन्न चरणमा जुट्दै र फुट्दै आजको (तत्कालीन एमाले र माओबादी केन्द्र) नेकपा सम्म आईपुगेको छ। आज चौनपा को बेल्टारमा पुष्पलाल प्रति श्रद्धाञ्जली अर्पण गर्दै तत्कालीन पुष्पलालले स्थापन गर्दाको नेकपा जस्तै आजको बनाइ छोड्ने प्रतिबद्धता ब्याक्त गरेका थिए। उपस्थित अधिकांश नेताले स्मृति दिवस कार्यक्रम लाई संबोधन गर्दै पार्टी को घोषणा पत्रमा उल्लेख भए अनुसार कार्य गर्ने र बर्तमान पार्टी एकतालाई मजबुत बनाएर पुष्पलालको सपना साकार पार्ने कुरामा जोड दिएका थिए। कार्यक्रम नेकपा प्रदेश कमिटी सदस्य राजन किराँती बाशु को प्रमुख आतिथ्य तथा नेकप जिल्ला कमिटी सदस्य एवं नगर अध्यक्ष राजेन्द्र कुमार कट्वालको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा विशेष अतिथी प्रदेश कमिटी सदस्य एबम संविधानसभा सदस्य मणि खम्बु, जिल्ला कमिटी सदस्य प्रमेश्वर घिमिरे, पदम दाहाल, शम्भु पौडेल, किशोर ताम्राकार, सन्तोष बस्नेत, प्रकाश राउत, कुमार खड्का, गगन खडका लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा गगन खड्का, शम्भु पौडेल, प्रमेश्वर घिमिरे ,मणि खम्बु, राजन किरातिले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सन्चालन रमेश बि.क. ले गर्नु भएको थियो।