अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला

बेल्टार, चौदण्डीगढी नगरपालिका नेपाली काङ्ग्रेस नगर कार्यसमितिले आज ३८ औं बीपी स्मृति दिवस श्रद्धाञ्जली सभाको आयोजना गरेर मनाएको छ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेर प्रसाद कोइरालाको ३८ औं स्मृति दिवस आज देश भरीनै विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता, नेपाली काँग्रेसका संस्थापक, जननायक बीपी कोइरालाको स्वर्गारोहण भएको दिन साउन ६ गतेलाई नेपाली काँग्रेसले हरेक वर्ष बीपी स्मृति दिवसका रुपमा मनाउँदै आएको छ । राणाशासनविरुद्ध जुधेका पिता कृष्णप्रसाद कोइराला र दिव्यकुमारी कोइरालाका माइला छोरा बीपी राणा शासनको अन्त्य गर्ने सशस्त्र क्रान्तिदेखि २०३६ सालको जनमत सङ्ग्रहसम्म चर्चाको शिखरमै रहनुभएका नेता हुन । बीपी कोइरालाले राणा शासनकाविरुद्ध नेपाली जनताको अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्ने कार्यको अगुवाइ गर्नुभएको थियो भने २००७ सालको क्रान्ति निर्माण गर्नका लागि महत्वपूर्ण र ऐतिहासिक भूमिका निर्वाह गर्नु भएको थियो। यस्ता जननायक बीपी कोइरालाको ३८औं स्मृति दिवस चौनपा नगर समितिले पनि मनाएको छ। स्मृति कार्यक्रम नगर सभापति राजेन्द्र पौडेलको सभापतित्वमा संचालन भएको थियो भने उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति प्रदिप केसी, क्षेत्रीय सभापति भोजराज खतिवडा, क्षेत्रीय सदस्य तथा नगर प्रमुख खगेन्द्र राई, जनजाति महासंघ केन्द्रिय कमिटीका महामन्त्री तथा जिल्ला कमिटी सदस्य प्रसान्त राई, महाधिवेशन प्रतिनिधिहरु, वडा कमिटीका नेताहरू, नेपाली काङ्ग्रेसका चौनपा वडा अध्यक्षहरु सहित नेपाली काङ्ग्रेस चौनपाका स्थानीय भातृसंगठनका प्रतिनिधि तथा शुभेच्छुकहरुको उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै नेताहरूले महमानव बीपीले अंगालेको शिद्धान्त र मार्गदर्शनमा हिडेर देशमा काङ्ग्रेसको स्थायी सरकार स्थापन गर्नु पर्नेकुरामा जोड दिएका थिए।

 

 

 

 

तपाईको प्रतिक्रिया