समाचार/लेखलाई सेयर गर्नुहोस् ।

बेल्टार । काेराना भाईरसको संक्रमण रोक्ने उद्देयश्यले नेपाल प्रहरी र शसस्त्र प्रहरीले बेल्टार बजारमा सचेतना र्याली निकालेको छ ।  चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा आज नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले माक्स खोइ भन्दै र्याली निकालेको हो। ईलाका प्रहरी कार्यालय रहेको स्थान बरगाछी चोक बाट शुरु भएको उक्त र्याली सिटीहल, बि.पी. चोक, पुष्पलाल चोक, बसपार्क , लाफा चोक, नगरपालिका लाइन हुदै पुनः बरगाछी चोक पुगेर अन्त्य भएको थियो। ईलाका प्रहरी कार्यालय बेल्टारले आयोजना गरेको उक्त र्यालीमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बेल्टारको टोलीले पनि सहभागीता जनाएको थियो। माक्स खोइ भन्ने उक्त र्यालीको नेतृत्व ईलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंले र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बेल्टारका प्रमुख सशस्त्र प्रहरी निरीक्षक भुपेन्द्र बस्नेतले गर्नु भएको थियो भने बजार परिक्रमा गर्ने क्रममा बजार क्षेत्रमा बिना माक्स हिड्ने पैदल यात्री देखीलिएर सम्पुर्ण सर्बसाधरणलाई माक्स बितरण गर्दै घर बाहिर हिड्दा अनिवार्य माक्स लगाउन, सामाजिक दुरी काय गर्न आग्रह गरिएको थियो। बजार परिक्रमा गर्ने क्रममा ६ सय पिस भन्दा माथी माक्स बितरण गरिएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ। र्यालीमा बर्षाको समयमा हुन सक्ने जोखिम, बाढीपहिरो बाट आफू पनि बचौ र अरुलाई पनि बचाउ भन्ने सुचना मुलक संदेश समेत जारी गरिएको थियो। ईलाका प्रहरी कार्यालय बेल्टारको प्रमुख भएर आए देखिनै निकै राम्रो कार्य गर्दै आउनु भएका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंले कोरोना महामारीको जोखिममा समेत अबिचलिती रहेर रातदिन जनताको जिउधन को सुरक्षामा डटेर लागेका प्रहरी अफिसर हुन भने चौलागाईं Police of the month समेत हुन सफल भएका कुसल प्रहरी अफिसर हुन।

कृपया यो पेज Like गर्नु होला

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया