उदयपुर । सात वर्षीय बालकलाई ढुंगा प्रहार गरी गम्भीर घाइते बनाउने उदयपुरका एक कानुन व्यवसायी (वकिल) विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

कृपया यो पेज Like गर्नु होला
त्रियुगा नगरपालिका १२ सुगाभा टोल बस्ने वकिल इन्द्रबहादुर तामाङविरुद्ध मंगलबार ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भिमबहादुर दाहालले जानकारी दिए ।

एसपी दाहालका अनुसार सोही स्थानका छिमेकी सम्झाना तामाङ लिम्बु(योद्धा) का सात वर्षे छोरा आयन लिम्बुलाई वलिक तामाङले ढुंगा प्रहार गरेर गम्भीर घाइते बनाएका हुन् ।

पीडित बालक आयनको तर्फबाट आमा सम्झनाले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको दाहालको भनाइ छ । गत सोमबार आरोपित तामाङले आफूले थुपारेको बालुवा खेल्दै छरेको भनेर छिमेकी घरका सात वर्षे आयनलाई कुटपिटका साथै ढुङ्गा प्रहार गरी सख्त घाइते बनाएका थिए ।

वकिल तामाङलाई उन्मुक्ति दिलाउन प्रयासरत विचौलीया दलालहरुको चलखेलबढेपछि उदयपुरका अधिकारी कर्मीहरुले विरोध जनाएका छन् ।

यसैबीच बालअधिकारको हनन गर्दै नाबालकलाई मरणासन्न हुने गरी कुटपिट गर्ने, खप्पर फोड्ने अभियुक्त तामाङलाई कडाभन्दा कडा कार्यवाहीको माग गर्दै उदयपुरस्थित विभिन्न संघसंस्थाहरुले एक संयुक्त विज्ञप्ती जारी गरी माग गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया