अन्जनी कुमार अधिकारी   बेल्टार । चौदण्दीगढी नगरपालिकाको वडा नं. ६ मा स्थापना गरिएको “उदयपुर कोभिड १९ अस्पताल” को घेराबेरा सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बेल्टारका प्रमुख सशस्त्र प्रहरी निरीक्षक भुपेन्द्र बस्नेतको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख बुद्धिराम चौलागाईंको नेतृत्वमा खटिएको नेपाल प्रहरी को संयुक्त टोलीले आज उदयपुर कोभिड अस्पतालको तार घेराबेरा लगाउने कार्य सम्पन्न गरेको हो। अस्थायी रूपमै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बेल्टारका लागि निर्मित भवनमा संचालन हुँदै आएको उदयपुर कोभिड अस्पताल हाल भने स्विस सरकारको १ करोड ५० लाख अनुदान र बाकी रकम स्थानिय आठ ओटै पालिकाको सहयोगमा रू ३ करोड खर्चेर निर्माण कार्य शुरू भएको छ। बिनाकुनै पुर्वाधार, बिनाकुनै घेराबेरा कोरोना जस्तो बिश्व महामारीको रूपमा फैलिएको रोग बाट संक्रमित बिरामी उक्त स्थानमा ल्याएर उपचार शुरु गरेपछि स्थानीय जनता भने निकै आक्रोशित देखिएका थिए भने सुरक्षाको जिम्मा पाएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले समेत सुरक्षाको ठूलो चुनौती सामना गरेको थियो। हाल स्थानीय आठ वटै पालिकाको सहयोगमा निर्माणा शुरु गरिएको उदयपुर कोभिड अस्पतालमा स्थानिय पालिकाले उपलब्ध गराएको रकमले तार घेराबेराको लागि सिमेन्टको पोल र तार ल्याएको भए पनि सशस्त्र प्रहरी र नेपाल प्रहरीको श्रमदानमा आज घेराबेराको कार्य सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बेल्टारका प्रमुख भुपेन्द्र बस्नेतले जानकारी दिनु भएको छ। उता ईलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख बुद्धिराम चौलागाईंले सुरक्षा चुनौतीका रूपम रहेको कोभिड अस्पतालमा घेराबेराको काम सम्पन्न भएकोमा खुशी व्यक्त गर्नु भएको छ। खुल्ला घेराबेरा हुदा उक्त अस्पतालमा रहेका बिरामीले फ्यालेका खानेकुराहरु घरपालुवा जनावर तथा जङ्गली जनावरले खाने र रोग बाहिर समुदायमा समेत फैलन सक्ने भन्दै स्थानीय जनता चिन्तित रहेको बेला कुनै पनि जनावर वा अन्य कुनै बस्तु समेत प्रवेस गर्न नसक्ने गरि घेराबेरा हुदा स्थानीयमा रहेको त्रास केही कम भएको बेल्टार बसाहा उध्योग बाणिज्य संघका महासचिव राजकुमार देवले बताउनु भएको छ।

कृपया यो पेज Like गर्नु होला

 

 

 

 

 

तपाईको प्रतिक्रिया