अन्जनी कुमार अधिकारी
बेल्टार  । चौदण्डीगढी नगरपालिका -६ सातधारेमा सशस्त्र प्रहरीको लागि भनेर निर्माण गरिएको भवनमा अस्थायी रूपमा संचालनमा हुँदै आएको उदयपुर कोभिड अस्पतालले अन्तत: पुर्णता पाउने भएको छ।
स्विस सरकारले अनुदान स्वरूप १ करोड ५० लाख रुपैया उपलब्ध गराए पछी यस उदयपुर कोभिड अस्पतालले स्थायी रूप मै उक्त स्थानमा आफ्नै भवन बनाएर संचालनमा आउने भएको छ।
स्विस सरकार को १ करोड ५० लाख र उदयपुर जिल्लाका आठ वटै पालिकाको सहयोगमा कुल ३ करोड २१ लाख ५५ हजार ३ सय ३ रुपैया ३६ पैसा (VAT सहित) को लागतमा कोभिड अस्पताल बन्ने भएको हो।
हाल ४० बेड को अस्पताल निर्माण हुने चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले जानकारी दिनु भएको छ।
राईका अनुसार तल इटाको दिवाल सहित को पक्का भवन बन्ने छ भने माथी ट्रस्ट राखेर १० ओटा कोठा, शौचालय बाथरूम सहित को निर्माण गरिनेछ भने हरेक रूममा ४ ओटा बेड हुने छन।
खानेपानी ट्यान्की सहितको यस कोभिड अस्पताल क्रमिकरूपले सुबिधा सम्पन्न गर्दै लगिने मेयर खगेन्द्र राईले जानकारी दिनु भएको छ।
हाल अस्थायी रूपमै संचालनमा आएको यस उदयपुर कोभिड अस्पतालमा घेराबेरा नहुदा सुरक्षा चुनौती धेरै नै रहेको कुरा इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख बुद्धिराम चौलागाईंले बताउनु भएको छ यद्यपि नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्तरूपमा २४ घण्टै सुरक्षा दिदैआएको समेत वहाँले जानकारी दिनु भएको छ।
उता स्थानीय जनताले घेराबेरा र सबै सुबिधा बिनै कोरोना अस्पताल संचालन गरेकोमा दु:ख व्यक्त गरेका छन भने यस बिषयमा कुरा गर्दा चौनापाका मेयर खगेन्द्र राईले जनताले सोचे अनुरूपको कुनै समस्या नरहेको हाल अस्पतालमा घेराबेराको कार्य शुरु भैसकेको र अब छिट्टै अस्पताल सुबिधा सम्पन्न हुने भएकोले तेस्तो कुनै चिन्ता नगर्न आम सर्बसाधारणलाई अनुरोध गर्नु भएको छ।
मेयर राईले जनताको सुरक्षा चिन्तालाई मध्य नजर गर्दै आफू र आफ्नो टिम बर्षा वा अन्य कुनै कुराको चिन्ता नगरी रातदिन अहोरात्र खटिरहेकोले आम जनताले कुनै चिन्ता नगर्न समेत अपिल गर्नु भएको छ।
स्विस सरकारको अनुदान यस अस्पतालको लागि उपलब्ध गराउन स्वयं त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी र चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राई आफैले पहल गर्नु भएको थियो दुबै मेयरको पहलमा स्विस सरकारले १ करोड ५० लाख उपलब्ध गराउन भए संगै उदयपुर कोभिड अस्पतालले मुहार फेर्ने पक्का भएको हो।
यता अस्थायी रूप मै संचालन हुँदै आएको यस उदयपुर कोभिड अस्पतालमा पछिल्लो बेलकाका नगरपालिकाका जनप्रतिनिधी सहित ५ जना र यस अघि देखि रहनु भएका १८ जना जसमा १ जना बालिका समेत गरी २३ जना हाल उपचारार्थ रहेका छन।

तपाईको प्रतिक्रिया