गाईघाट । उदयपुरका स्थानीय तहहरुमा कोरोना भाईरस नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर आगामि आर्थिक वर्षकोे नीति तथा कार्यक्रमसहितको बजेट प्रश्तुत भएको छ ।
बुधवार शुरु भएको पाँचौ नगरसभामा जिल्लाका तीनवटा नगरपालिकाहरु वेलका,त्रियुगा र चौदण्डिगढीले आगामि वर्ष कोरोना भाइरस नियन्त्रणका लागि बजेटमै उच्च प्राथमिकता दिएर आप्mनो नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
सदरमुकाम गाईघाटस्थित ंत्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले आर्थिक वर्ष २०७७ । ०७८ को लागि “स्वास्थ्य शिक्षित हाम्रो शहर,समुन्नत समावेशी समृद्व त्रियुगा नगर” भन्ने नयाँ नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गर्नुभएको छ ।
त्रियुगा नगरपालिकाको सभाकक्षमा बुधवार आयोजित विशेष समारोमा नगर प्रमुख चौधरीले आव २०७७। ०७८ को वार्षिक समीक्षा तथा चालु आवकोलागि नगरपालिकाले गर्ने बिभिन्न कार्यक्रमहरु सार्वजनिकीकरण गर्दे कुल एक अर्व दुईकरोड सातलाख ९६ हजार रुपियाँको नयाँ बजेट प्रश्तुत गर्नुभएको हो ।
अघिल्लो आर्थिक वर्षको भन्दा चालु यो आवको लागि दुईकरोड,४९ लाख ७६ हजारले बजेट बढेको छ । जवकि गत आवका लागि यस नगरपालिकाले ९९ करोड ५८ लाख २० हजार रुपियाँको मात्र बजेट सार्वजनिक गरेको थियो ।
सभालाई सम्बोभन गर्दै नगरप्रमुख चौधरीले नगरपालिका भित्र सञ्चालन गरिने विकास निर्माणका सवै योजना र कार्यक्रमहरुको प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न बजेट विनियोजन गरेर दफावार छलफलका लागि अनुसूचिमा राखेर यो सम्मानित सभामा नीति तथा कार्यक्रम ल्याइएको हो भन्नुभयो ।
नगरप्रमुख चौधरीले विभिन्न शिर्षकमा रकम बाँडफाँड भएको जानकारी दिदै चालु तर्फ ६१ करोड आठलाख ९२ हजार र पुँजीगत खर्च तर्फ २५ करोड १४ लाख २८ हजार रुपियाँकोे बजेट विनियोजन गरेको बताउनुभएको छ । कुल बजेट मध्ये चालुमा करिव २६ प्रतिसत र पुजीगत तर्फ ७४ प्रतिसत बजेट रहेको छ ।
चालु वर्षको बजेट पनि ठूलो परिमाणमा कोरोना नियन्त्रणका लागि खर्च भएको भन्दै नगरप्रमुख चौधरीले हालसम्म यो महामारी नियन्त्रणमा दुईकरोड ५० लाख रुपियाँ विकास बजेट खर्च भएको र आर्थिक वर्ष २०७७ । ०७८मा पनि यो महामारी रोकथाममा ठूलो धनरासि खर्चहुने अनुमान गरएिको बताउनुभयो ।
यसका साथै लागिनगरपालिका क्षेत्र भित्रका नागरिकहरुको लागि आपत्कालिन अवस्थामा तत्काल सञ्चालन गर्नुपर्ने कतिपय पूर्वाधारजन्य कार्यक्रमहरुलाई बजेट मार्फत सम्बोधन गर्न“जहाँ अभर त्यहाँ नगर” भन्ने कार्यक्रमलाई निरन्तरता दिइएको र त्यसकालागि पनि बजेट विनियोजन गरेको नगरप्रमुख चौधरीले बताउनुभयो ।
यसैगरी वेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले “उत्पादनको दोश्रो वर्ष,कोरोना बिरुध्दको स्वास्थ्य संघर्ष ” भन्ने नयाँ नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गर्नुभएको छ । उहाँले ६७ करोड रुपियाँको अनुमानित बजेटसहित कोरोना बिरुध्दको संघर्षका लागि नीति तथा कार्यक्रम प्रश्तुत गर्नुभएको हो ।
जस अनुसार कोरोना नियन्त्रणको प्रभावकारी कार्ययोजना निर्माण र कार्यान्वयन,कृषि उपजको उचित मूल्याङ्कन गरी किसान लक्षित कार्यक्रम सञ्चालन,सवै वडाहरुको जग्गा नापी गर्ने योजना,रोजगार अभिबृध्लि कोष स्थपना र सञ्चालन र सवे वडा कार्यालयहरुको भवन निमाृण लगायतका कार्यक्रमहर प्रशतुत गर्नुभएको छ ।
चौदण्डिगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले आर्थिक वर्ष २०७७ । ०७८ का लागि ६३ करोडको बजेट प्रश्तुत गर्दै कृषि,शिक्षा,स्वास्थ्य,सडक निर्माण लगायत बेल्टारमा कोरोना अस्पताल निर्माणका लागि तत्काल ५० लाख निकासा गर्ने गरी नीति तथा कार्यक्रम प्रश्तुत गर्नुभएको छ ।
त्यस्तैगरी जिल्लाको रौतामाई गाउँपालिकाका प्रमुख गजैन्द्रबहादुर खड्काले आर्थिक वर्ष २०७७ । ०७८ लागि कूल ४६ करोड ९७ लाखको बजेट तथा कार्यक्रम प्रश्तुत गर्नुभएको छ । उहाँले मुख्यगरी कोरोना नियन्त्रण,कृषि तथा पशुपालन र वैदेशिक रोजगारबाट फकिएका युवाहरुका लागि लक्षित गरी रोजगार प्रवर्धन कार्याक्रमका बजेटलाई फोकस गरिएको बताउनुभयो ।
त्यसैगरी दुर्गम क्षेत्रको लिम्चुङ्बुङ् गाउँपालिकाका प्रमुख मेजरकुमार राईले कोरोना नियन्त्रण कोष सञ्चालनमा एक करोड, चालु खर्चमा पाँच करोड तथा कोसी करिडोर सडक निर्माण लगायत अन्य पूर्वाधार निर्माणमा १५ करोडसमेत गरी आर्थिक वर्ष २०७७ । ०७८ लागि कूल २० करोड ६२ लाख ५६ हजार रुपियाँको बजेट प्रशतुत गर्नुभएको छ ।
कटारी नगरपालिकाको भने नगरप्रमुख अस्वस्थ हुनु भएकोले बुधवार नीति तथा कार्यक्र प्रश्तुत हुन सकेन । यहि असार १६ गते कटारी नगरपालिकाको नीति तथा कार्यक्रम प्रश्तुहुने नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । त्यस्तै वडाभेला बाट योजना निर्माणको काम हुन नसकेकोले आज उदयपुरगढी गाउँपालिकाको पनि नीति कार्यक्र तथा बजेट सार्वजनिक हुन नसकेको गाउँपालिकाका उपप्रमुख सानुकुमारी राउतले बताउनुभयो ।

कृपया यो पेज Like गर्नु होला

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया