गाईघाट । स्थानीय युवा संचारकर्मी नरेश मोहन तामाङ्गको बिहिबार राती निधन भएको छ । त्रियुगा नगरपालिका वडा नम्बर ४ निवासी तामाङ्गको हृदयघातका निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तामाङ संचार समूहको संयोजक समेत तामाङ्ग स्थानीय त्रियुगा मिडिया ग्रुपमा आवद्ध थिए । लामो समय शान्ति समाज केन्द्र पेशोकमा रहेर समाजिक क्षेत्रमा कार्यरत तामाङ्गको अप्रत्यासित निधनले सिंगो उदयपुरका सामाजिक कार्यकर्ता शोकमा परेका छन । तामाङ्गको निधनमा फेसबुकका वालहरुमा श्रद्धाञ्जली र समवेदनाले भरिएका छन । स्वर्गीय तामाङ्ग प्रति हार्दिक श्रद्धाञ्जली साथै परिवार जनमा धैर्यधारण गर्ने शक्ति मिलोस ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया