अन्जनी कुमार अधिकारी
बेल्टार । चौदण्डीगढी नगरपालिका को मुटु बेल्टार बजारमा अवस्थित ज्योति उच्च मा.बि.को प्रधानाध्यापक को जिम्मेवारी राजकुमार ओझाले समालेका छन।

कृपया यो पेज Like गर्नु होला
यहि बैशाख ३० गते उमेर हदका कारण निबर्तमान प्रधानाध्यापक अमरेन्द्र झाले अवकाश पाए पछी उक्त जिम्मेवारी ओझाले पाउनु भएको हो ज्योति मा.बि.का शिक्षकहरु को मर्यसदाक्रममा जेष्ठताको आधारमा वहाँ ले जिम्मेवारी पाउनु भएको हो। २०५० साल बैशाख २५ गते बाट मा.बी. तृतीय श्रेणी बाट शिक्षण पेशामा आबद्ध ओझा Ma.Ed MA. गरेक ब्याक्ती हुन र बिगतमा सोही बिधालयका शिक्षक रहेर सेवा गरिसकेका शिक्षक हुनुहुन्छ, २०६३ देखि २०७४ साल सम्म जिल्ला शिक्षा कार्यलयमा श्रोत ब्याक्ती र २०७४ देखि २०७७ बैशाख १४ सम्म चौ.न.पा. शिक्षा युवा तथा खेलकूद शाखामा शिक्षा विशेषज्ञ को जिम्मेवारीमा रहेर कार्य गरिसक्नु भएका ओझा अनुभवी शिक्षक हुनुहुन्छ भने हाल मा.बि. द्वितीय श्रेणीमा हुनुहुन्छ।
उदयपुर जिल्लाका धेरै बिधालयलाई गुणस्तरीय शिक्षा र अनुशासन सिकाउदै हिड्नु भएका वहाँ ले ज्योति उच्च मा.बि. को ज्योति कसरी चम्काउनु हुन्छ त्यो भने समयले नै बताउने छ।
२०२२ सालमा स्थापन भएको यस बिधालयले तत्कालिन समय देखिनै विविध समस्या भोग्दै विभिन्न आरोह अबरोह पार गर्दै यहाँ सम्म आइपुगेको छ। स्थापन काल मै कक्षा ३ सम्म संचालनमा रहेको बेला २०३४ पुष २१ गते बाट मा.बि. (कक्षा-८) को संबन्धन ल्याउदा समेत धेरै ठूलो चुनौती को सामना गरेर तत्कालीन समयामा मा.बि. को स्वीकृत पाएको यस बिधालय ले त्यस समयमा उदयपुर जिल्लाका अन्य क्षेत्रका नि.मा.बी. संचालनमा रहेका बिधालयलाई चुनौती दिदै मा.बि. को संबन्धन स्वीकृत गराएको थियो। तत्कालीन समयमा तीन ओटा कक्षा कोठ मात्र रहेको यस बिधालयमा आवश्यक फर्निचर समेत नरहेको बेला मा.बि. स्वीकृत गराए पछी निरिक्षणको क्रममा भौतिक पुर्बाधार पुर्ण नभएको भन्दै तत्कालीन शिक्षा प्रमुखले प्र.अ.को जागिर खाइदिने धम्की समेत दिएका थिए यद्यपि कुनै धम्की को प्रबाह नगरी उक्त समयमा यस बिधालयलाई मा.बि. बनाउन आफ्नो जागीरनै धरापमा राखेर भए पनि चुनौती मोलेरै संबन्धन ल्याएको अनुभव सुनाउनु हुन्छ तत्कालीन यस बिधालयका प्र.अ. पुरुषोत्तम अधिकारी।
स्थापनाकाल देखीनै चुनौतीका बिच यहाँ सम्म आइपुगेको यस बिधलयको अहिलेको अवस्थामा भौतिक संरचना भएर पनि गुणस्तरीय रेखदेख नहुदा निक्कै लथालिङ्ग हुँदै गएको देखिन्छ।
यस बिधालयमा हाल भौतिक पुर्वाधार भए पनि तेस्मा धेरै नै मर्मतसम्भार को आवस्यक्ता देखिएको छ, यद्यपि अहिले लकडाउनको सदुपयोग गर्दै नवनियुक्त प्र.अ. राजकुमार ओझा र शिक्षक परिवारले ब्याक्तिगत पैसा खर्चेर बिधालयको स्वरुपलाई परिवर्तन गर्ने कोशिश गरिरहनु भएको छ। यस अघि लगभग प्रयोग गर्न नै नसक्ने अवस्थामा रहेका बिधालयका शौचालयलाई नवनियुक्त प्र.अ.र बिधालयका अन्य शिक्षक को सहयोग ले मर्मत गराएर प्रयोग योग्य बनाइसकेका छन भने बिधालय हाता भित्र विभिन्न खाले फूल लगाएर बेहुली झै सिंगार्ने कार्य समेत भैरहेको छ।
यस लकडाउन अबधीभर बिधालयको अन्य भौतिक संरचना लगायतका कुरामा पुर्ण सुधार गरेर गुणस्तरीय शिक्षा कसरी दिने भन्ने योजना सहित अघि बढ्ने प्रधानाध्यापक राजकुमार ओझाले बताउनु भएको छ।
हाल ६ कक्षा सम्म अङ्ग्रेजी माध्यम बाट र ७-१० अङ्ग्रेजी नेपाली दुबै माध्यम बाट पढाइ हुने यस ज्योति उच्च मा.बि.मा गुणस्तरीय शिक्षा दिनु अहिले को अवस्थामा चुनौती पुर्ण रहे पनी ती सबै खाले समस्यालाई चिरेर गुणस्तरीय शिक्षा दिनका लागि आफू लागिपर्नेमा बिस्वस्त तुल्याउनु हुन्छ प्र.अ. ओझा।
सरकारी बिधालयलाई आम जनताले हेर्ने दृष्टिकोण नकारात्मक रहेको अवस्था र बढ्दो प्राइभेट बिधालय तिरको जनमोहलाई चिरेर गुणस्तरीय शिक्षा मार्फत आम जनताको सरकारी स्कुल प्रतिको नकारात्मक सोचलाई परिवर्तन गराउनु पर्ने टड्कारो चुनौती यती बेला प्रधानध्यापक ओझा सग रहेको देखिन्छ।
हरेक सामुदायिक बिधालयलाई राजनीति अखडा बनाइएको बेला ज्योति उच्च मा.बि.ले भने पहिलो पटक राजनीति मुक्त बिधालय बनाउने अठोट सहित गुणस्तरीय शिक्षा दिन तल्लिन हुदा आम जनतामा भने खुशी छाएको बताउँछन।
प्रदेश सरकारको बिधालय नर्सिङ कार्यक्रम अन्तरगत पहिलो पटक ज्योति उच्च मा.बि. मा एक जना नर्स समेत नियुक्त भएर आइसक्नु भएको छ भने लकडाउन पश्चात् बिधालय खुले सगै बिधालयले नर्सिङ सेवा समेत शुरु गर्ने भएको छ।
गुणस्तरीय शिक्षा आज को आवश्यता हुदै गएको अवस्था र गलत राजनीति अभ्याले जरो गाडेको अवस्थामा यस बिधालय ले उदयपुरकै नमुना बिधालयको परिचय कहिले दिने हो आम अभिभावक यसकै प्रतीक्षा मा रहेका छन।

यस्तो छ विद्यालयको ताजा अवस्था तस्वीरमा

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया