अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला

बेल्टार । लकडाउन पालना र कोरोना नियन्त्रणमा उत्कृष्ठ कार्य गरेर चैत महिनाको पुलिस अफ द मन्थ हुन सफल प्रहरी निरिक्षक बुद्धिराम चौलागाईले अर्को सफलता प्राप्त गरेका छन । ईलाका प्रहरी कार्यालयका इन्चाज रहेका प्रहरी निरिक्षक चौलागाईले ज्यान मुद्दाको फरार अभियुक्त १० बर्ष पछि पक्राउ गरेर रेकर्ड राखेका हुन । चौलागाईको कमाण्डमा खटिएको प्रहरी टोलीले कर्तब्य ज्यान मुद्दामा फरार रहेको चौदण्डीगढी नगरपालिका- १ छुईलाका ५३ वर्षिय मान बहादुर बि.क. पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कर्तब्य ज्यान मुद्दामा २०६७ असोज ११ गतेदेखि फरार रहेका विकलाई इलाका प्रहरी कार्यालय बेल्टारले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक हरिकृष्ण केसीले जानकारी दिए । बिकलाई चौदण्डीगढी नगरपालिका-८ बिरेन्द्र बजारबाट पक्राउ गरिएकाे र सोमबार जिल्ला अदालतमा पेस गरिने  जनाइएको छ ।

तपाईको प्रतिक्रिया