अन्जनी कुमार अधिकारी
उदयपुर । चौदण्डीगढी नगरपालिकाले कोरोना परिक्षणको दयरालाई बढाउदै लगेको छ।
आज चौदण्डीगढी नगरपालिका को बेल्टार स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ९७ जना को पिसिआर परिक्षणको लागि स्वाब संकलन गरिएको छ।
आज स्वाब संकलन गरिनेमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा रहेर कार्यगर्ने ब्याक्तित्व को स्वाब संकलन गरिएको नगर प्रमुख खगेन्द्र राईले बताउनु भएको छ वहाँ ले भन्नू भयो स्वाब संकलनको दायरालाई बिस्तारै बढाउदै समेत लगिने छ। आज पिएससी बेल्टारमा नगरका जनप्रतिनिधि, प्रहरी, ससस्त्र प्रहरी, स्थानिय व्यावसायी, बैंकका प्रतिनिधि, स्थानिय पत्रकार एवं समाजसेवीहरु को स्वाब संकलन गरिएको हो भने आजै चौ.न.पा.-३ को आमसाल बसाहामा समेत ३ जनाको स्वाब संकलन गरिएको छ।
आज संकलन गरिएको स्वाब को नमुना कोशी प्रादेशिक प्रयोगशाला बिराटनगर परिक्षणको लागि पठाईने नगर स्वास्थ्य शाखाका उपप्रमुख तेज बहादुर पोखरेलले जानकारी दिनु भएको छ।
चौदण्डीगढी नगरपालिकाले यस अघि पनि आफ्नो नगरमा पिसिआर परिक्षण गराएको थियो यस अघि शिबाइमा ५८ जना र बेल्टार प्राथमिक स्वास्थ्य केन्द्रमा ३ जनाको परिक्षण गरिसकिएको थियो उनिहरु सम्पुर्ण को नेगेटिभ रिजल्ट आएको थियो।
नगर जनस्वास्थ्य उपप्रमुख तेज बहादुर पोखरेलका अनुसार हडिया को क्वारेन्टिन मा रहेका १ जना र बर्षेडाडा क्वारेन्टिन मा रहेक २ जना गरि तत्कालै ३ जना पिसिआर गराइने छ भने हडिया, शिबाई, मडिवास र बेल्टारका क्वारेन्टिन मा रहेका २९ जना को पनि अर्को लटमा पिसिआर परिक्षण गरिने छ।
उता हाल सम्म नगर ले लगभग १२५ जना भन्दा माथी को आरडिटी परिक्षण गरिसकेको छ भने दैनिक जसो बेल्टार स्थित प्रथामिक स्वास्थ्य केन्द्र मार्फत आरडिटी परिक्षण भैरहेको छ यधपी हाल सम्म चौदण्डीगढी नगरपालिकामा एक जनामा पनि संक्रमण पोजेटिभ देखिएको छैन।

तपाईको प्रतिक्रिया