अन्जनी कुमार अधिकारी
कोरोना भाइरस (Covid-19) ले यति बेला विश्व जगत नै आक्रान्त छ, विश्व बन्दाबन्दीमा छ यसबाट हाम्रो देश नेपाल पनि अछुतो रहेन यसमा पनि उदयपुर जिल्ला त कुनै समय नेपालकै सबै भन्दा धेरै संक्रमीत भेटिएको जिल्ला हो जहाँ ३३ जना मा कोरोना संक्रमण पाइएको थियो। यद्यपि अहिले संक्रमित भने थपिएको छैन र पहिला संक्रमण भएकाहरु पनि उपचार पश्चात् घर फर्किसकेका छन्।
उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको भुल्केमा भेटिएका संक्रमीत एक ठाउँ र एक समुदायमा सिमित रहेका बेला अचानक जेष्ठ २ गते उक्त संक्रमण समुदाय बाहिर पुगेको खबरले जिल्ला नै चिन्तित एवं संवेदनशिल हुन पुग्यो त्यसमा पनि ति व्याक्ति पत्रकार भएकोले समाज झनै त्रसित हुन पुगेको हो।
जुन पत्रकार संक्रमीत भए उनको बारेमा मैले पनि जेष्ठ २ गते साझ थाहा पाएॅ, म आफू नेवा समाज बेल्टार र नेवा: देय दबु नगर समिति ले निर्माण गर्दै गरेको साझा सभाहल को समाचार लेख्दै थिएॅ।यसै क्रममा ईलाका प्रहरी कार्यलय बेल्टारका प्रमुख प्रहरी निरीक्षक बुद्धिराम चौलागाईं सरको कल आयो, वहाँ मार्फत उदयपुरका पत्रकार संक्रमीत भएको जानकारी पाएॅ। वहाँको कल लगत्तै वडा अध्यक्ष तेज राज तिमल्सिना ज्यूको कल आयो र त्यस पश्चात् मैले यस बारे नगर प्रमुख खगेन्द्र राई ज्यूलाई गरें र सबैको सुझाव र सल्लाह लिएॅ। वहाँहरु सबैको सुझाव सल्लाह एउटै थियो संयमित भएर रहनु होला, घरमै आइसोलेटेड हुनु होला भन्ने।
एउटा पत्रकार संक्रमीत हुॅदा जति चिन्ता र दुख मनमा थियो त्यो भन्दा धेरै चिन्ता आफू प्रति आफ्नै शंकाले मनमा जन्माइ रहेको थियो।विभिन्न खाले शंकाले मनमा कालो बादल मडारिन थालेको थियो,कारण एउटै थियो कि संक्रमण भएका पत्रकार उपस्थित रहेको एक कार्यक्रममा म पनि उपस्थित थिएॅ तर वहाँ सँग मेरो व्याक्तिगत चिनजान नभएको कारण कुनै किसिमको संसर्ग भने भएको थिएन।यद्यपि शंकाले लंका जलाउॅछ भने झैं मनमा अनेक कुरा खेल्न थालिसकेको थियो।
साना नानी संग बस्नु पर्ने मेरो बाध्यता र मेरी धर्मपत्नीको मलिन अनुहारले मेरा मुटुहरु छियाछिया हुँदै थिए,नहोस् पनि कसरी विश्वलाई आक्रान्त पारेको महामारीले कतै मलाई पनि छुॅदैछ कि भन्ने पीडा मन मा थियो। यस बिच मैले स्वयं निर्णय गरे कि मैले कोरोना परिक्षण गराउनु पर्छ र सुरक्षित रहनुपर्छ भन्ने जुन मेयर साब लगायतको सल्लाह पनि यहि थियो।
भोलिपल्ट जेष्ठ ३ गते चौदण्डीगढी नगरपालिकाको निगरानीमा रहेका पोखराबाट आएका ३१ जनाको परिक्षण गर्न जिल्लाबाट स्वास्थ्य कर्मीको एउटा टोली आउने कुरा वडा अध्यक्ष र मेयर ज्यूले जनाउनु भएको थियो जसअनुसार म पनि आफ्नु स्वाब नमुना दिन बेल्टार स्थित प्राथमिक स्वास्थ केन्द्र पुगे यद्यपि मेरो परिक्षण भएन कारण थियो अरु २-४ दिन पश्चात् गर्दा राम्रो हुन्छ भन्ने।
यति हुॅदा सम्म मलाई केही मेरा शुभचिन्तकहरुले बाहिरी बजार हल्लाको बारे प्रत्यक्ष कल मार्फत जानकारी लिनु/दिनु भएको थियो भने केही सामाजिक द्वन्द्व भड्काउन चाहने व्याक्तिहरु मेरो बारे गलत प्रचार गर्न नै व्यस्त थिए।  यति सम्म कि केही व्याक्तिबाट बेल्टार बजारमा मेरो बारेमा म संक्रमीत भैसकेको र विराटनगर उपचारकाको लागि लगिसकेको समेत हल्ला भएछ भने केही व्याक्तिले लक्षण देखिएकोले चेक गर्न एम्बुलेन्स मार्फत गाइघाट लगिसकिएको बताएछन्। जे होस् जसरी अफवाह फैल्याइयो यसले मेरो परिचयको दायरालाई फराकिलो पारेको महसुस गरेको छु।
पत्रकारिता मार्फत समाज रुपान्तरणमा केही भुमिका निर्बाह गर्न सक्छु कि भनेर पत्रकारिता तर्फ रुचि राखेर अन्लाइन समाचार पोर्टलमा रिपोर्टरको रुपमा काम शुरु गर्दै गर्दा मेरो परिचयलाई जे जसरी भए पनि उच्च पार्न सक्रिय सम्पुर्ण प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
यी सबै घटनाक्रमले परिवारमा पर्न गएको पिडाले जति दुखी छु आज मेरो RDT नेगेटिभ आए सँगै समाजमा मेरो नाम र परिचय व्यापक बनाइदिएकोमा खुशी छु।
पीडा र खुशी बिचको जीवन जिउनु पनि एक प्रकारको सफलता नै हो भन्ने महसुस गरेको छु।
अन्त्यमा कोरोना संक्रमण बाट बच्न सुरक्षित रहनु हुन सम्पुर्णमा अपिल गर्न चाहन्छु।
धन्यवाद
(अधिकारी गाउँपालिका अनलाइनको चौदण्डीगढी नगरपालिकाको प्रतिनिधी हुनुहुन्छ । यो लेखकको निजी विचार हो ।)

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया