उदयपुर ।  कोरोना भाइरसको महामारीका बेला अग्रपङ्तीमा कार्यरत उदयपुरका सञ्चारकर्मीहरुको बिमा गरिएको छ । उदयपुर कटारीका युवा व्यवसायी प्रयास कार्कीले ५५ जना पत्रकारको कोरोना बिमा गरिदिनु भएको हो । जिल्लामा एक जना पत्रकार सहित ३३ जनामा कोरोना पुष्टि भै सकेको र अन्य स्थानहरूमा परीक्षणको दायारा बढ्न नसकको समयमा सञ्चारकर्मीलाई बिमाको रकम भुक्तानी गरिदिएको ‘हिमगिरी सप्लायर्स एण्ड ट्रेडर्स’ का प्रोपाईटर समेत रहेका युवा व्यवसायी प्रयास कार्कीले जानकारी दिनु भयाे । आईएमई जनरल इन्सुरेन्स लिमिटेडमा प्रेस संगठनका ३४, प्रेस युनियनका १७ र अन्य ४ गरी ५५ जनाको विमित रकम भुक्तानी गरिएको छ ।
नेपालको पहिलो कोरोना इपिसेन्टर उदयपुरमा खटिएका पत्रकारहरुको उच्च जोखिमलाई मध्यनजर गर्दै हिमगिरी सप्लायर्स एण्ड टे«डर्सले विमित रकम तिरी दिएको प्रेस संगठनका अध्यक्ष गणेश उप्रेतीले जानकारी दिनु भयो । उप्रेतीले विमा गरिदिए वापत मनकारी ‘हिमगिरी सप्लायर्स एण्ड ट्रेडर्स’ कटारीका प्रोपाईटर प्रयास कार्कीलाई दिनु भयाे । सम्झौताअनुसार कोभिड–१९ को पीसीआर जाँचमा पोजेटिभ देखिएका पत्रकार बिमा रकमका लागि योग्य हुनेछन् । विमा रकम प्रति पत्रकार १ लाख हुनुको साथै विमाको अवधि एक वर्षको हुनेछ । इन्सुरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पत्रकारको बिमा गरेको हो ।
बिमा रकम ठुलो नभएपनि कोरोना संक्रमण भएपछि परिवारमा आउनसक्ने आर्थिक समस्या टार्न र दैनिकी चलाउन सहजहुने प्रेस संगठनका उदयपुर.संयोजक गणेश उप्रेतीले बताए । संयोजक उप्रेतीका अनुसार प्रेस संगठनमा आवद्द ३४ जना पत्रकार, प्रेस युनियनमा आवद्द १७ र अन्य गरी कुल ५५ जनाको बिमा गरिएको छ ।
कोरोना महामारीका समयमा जोखिममा कार्यरत श्रमजिवी पत्रकारलाई बिमा कार्यक्रमले ठुलो सहयोग पुग्ने प्रेस युनियन उदयपुरका अध्यक्ष तथा पत्रकार महासंघ उदयपुरका सचिव पर्शुराम थापाले बताए । साथै बिपतको घडीमा पत्रकारको बिमा गर्न सहयोग गर्नुहुने युवा व्यवसायी प्रयास कार्कीलाई युनियनका अध्यक्ष थापाले धन्यवाद दिएकाछन् ।
बिमामा बरिष्ठ पत्रकार कौशल चेम्जोङ, नेपाल पत्रकार माहासंघ प्रदेश १ का सचिव हरि कुमार.राई, पत्रकार माहासंघ उदयपुरका पुर्व अध्यक्षहरू श्याम राई, ईश्वर कुमार तामाङ , नेपाल पत्रकार माहासंघ उदयपुरका अध्यक्ष भरत खडका, उपाध्यक्ष भोटराज राई, सह सचिव गजेन्द्र राई, बिदुर कटुवाल सहित जिल्लामा सकृय ५५ जनाको बिमा गरिएको छ ।
हिमगिरी सप्लायर्स एण्ड टे«डर्स कटारीले आर्थिक वर्ष २०७३/७४ र २०७४÷७५ मा उदयपुर जिल्लामै सबैभन्दा बढी कर दालिखा गरेवापत सम्मानित भएका व्यवसायी हुन् ।हिमगिरी सप्लायर्स एण्ड टे«डर्स उदयपुर जिल्लामै सबैभन्दा बढी कर दालिखा गरेवापत सम्मानित हुने फर्म हुन । विगतका वर्षहरुमा बढी कर दाखिला गरे वापत फर्म लगातार सम्मानित हुँदै आएको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया