बेल्टार । चौदण्डीगढी नगरपालिका वडा नं.-२ का वडा अध्यक्ष सन्तोष सुवेदी आफ्नो वडामा विभिन्न खाले जनमुखी कार्यक्रमले चर्चा कमाइ रहेका छन।
आफ्ना वडा बाट +२ लगायत उच्च शिक्षा अध्यन गर्ने किशोरीहरुलाई साइकल प्रदान गरेर होस वा सामुदायिक बिधालयमा इन्टरनेट सेवा पुर्याएर होस आफ्नो वडामा चर्चाको शिखरमा पुगेका हुन।
अझ चर्चित कार्यक्रम त उनले आफ्नो वडालाई “उज्यालो वडा” बनाउने उद्घोष ले झनै लोकप्रियता बटुलेका छन। अध्यक्ष सुवेदीले वडाको २०७६/७७ को बिनियोजित रकम बाट “उज्यालो वडा” कार्यकम लागू गरेर जनता माझ चर्चित बनेका छन।
उज्यालो वडा बनाउने कार्यक्रम अन्तर्गत गत बर्षको कार्तिक महिना बाट आफ्ना वडा बासी को बिधुत महसुस जति उठ्छ त्यस मध्यको १ सय रुपैया सम्म वडाले भुक्तानी दिन थालेको अध्यक्ष बताउछन। उज्यालो वडा कार्यक्रम मार्फत आफ्ना वडामा बिधुत मिटर जडान गरेका सम्पुर्ण जनतालाई वडा कार्यलयमा सम्पर्क गर्न गरिएको सुचना अन्तर्गत हाल ५६५ घर धुरी ले वडामा निबेदन दिएका छन।
उक्त निबेदनका आधारमा हाल ५६५ घर धुरी का वडा वासी जनताको मासिक बिधुत महशुल मध्य १ सय रुपैया गत आर्थिक बर्ष २०७६/७७ को कार्तिक महिना देखि वाडाले भुक्तानी दिदै आएको मा कोरोना संक्रमणका कारण फाल्गुन, चैत र बैशाख महिना को तिर्न बाकी बिधुत महशुल आज बिधुत प्राधिकरण को बेल्टार शाखा पुगी वडा अध्यक्ष सन्तोष सुवेदी ले भुक्तानी गर्नु भएको छ।
वडा बासी को घरमा जति महशुल उठे पनि उज्यालो वडा कार्यक्रम अन्तर्गत १ सय रुपैया सम्म वडाले तिर्ने र बाकी भए उपभोक्त स्वयं ले तिर्नु पर्ने वडा अध्यक्षले जानकारी दिनु भएको छ।
उज्यालो वडा कार्यक्रम अन्तर्गत फाल्गुन, चैत र बैशाख महिनाको ५६५ घर धुरी को जम्मा १ लाख ६९ हजार ५ सय रुपैया आज वाडा कार्यलयले बिधुत प्राधिकरणलाई बुझाएको हो।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया