अन्जनी कुमार अधिकारी
बेल्टार । एक बर्ष अघि ईलाका प्रहरी कार्यालय ईटहरीमा कार्यरत रहदा राम्रो कार्य गरेर प्रदेशकै उत्कृष्ट प्रहरी घोषित हुन सफल प्रहरी निरिक्षक बुद्धिराम चौलागाई पुनः पुलिस अफ द मन्थ घोषित भएका छन ।
ईलाका प्रहरी कार्यालय बेल्टारमा कार्यरत प्रहरी निरिक्षक चौलागाईलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले २०७६ चैत महिनाको उत्कृष्ट प्रहरी अर्थात पुलिस अफ द मन्थ घोषणा गरेको हो । अबैध हातहतियार बरामद, लागु औषध नियन्त्रण, जवरजस्ती करणी, चोरी ठगी जस्ता अपराध नियन्त्रण, फरार अपराधी पक्राउ गरि शान्ति सुरक्षा र अमन चयन कायम गर्ने कार्यमा चौलाईगाईले उत्कृष्ट कार्य गरेकोले पुलिस अफ द मन्थ घोषित गरिएको जिल्ला प्रहरी प्रमुख विर बहादुर बुढा मगरले जानकारी दिनु भयो ।
प्रहरी निरिक्षक चौलागाईले कोभिड १९ को नियन्त्रण तथा चेक जाँचका लागि स्थानीय सरोकारवाला निकाय सँगको सहकार्यमा आठ स्थानमा ३१ बेडको क्वारेन्टाईनको स्थापना, आफ्नो क्षेत्रमा सिसिटिभि क्यामेरा जडान गरि शान्ति सुरक्षा कायम गर्नमा नेतृत्वदायी भुमिका खेलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया