गाईघाट । समाजसेवी अनुप कुमार सिहले उदयपुरकाे त्रियुगा नगरपालिकालाई पिपिई सहित स्वास्थ्य सामग्री प्रदान गरेका छन ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्नको लागि त्रियुगा नगरपालिकाका लाई सहयाेग पुर्याउने उदेस्यले आफ्ना बुवा हिमालय कुमार सिहकाे स्मृतिमा स्वास्थ सामाग्री त्रियुगा नगरपालिकालाई हस्तान्तरण गरेका हुन ।
समाजसेवी सिहले त्रियुगा नगरपालिकालाई १ सय ४० थान पिपिई, १ सय ४० थान सर्जिकल माक्स र सेनिटाईजर ५० थान बितरण गरेकाे त्रियुगा नगरपालीकाले जनाएकाे छ।
काेराना हवकाे रूपमा रहदै आएकाे त्रियुगा नगरपालिकालाई हाल थाेरै मात्रामा मात्र स्वास्थ सामाग्री उपलब्ध गराएकाे भएपनि अन्य दिनमा आफुले थप स्वास्थ सामाग्रीहरू सहयाेग गर्ने सहयाेग दाता अनुम कुमार सिहले जानकारी दिनु भयाे ।
नगरपालिका लाई हस्तानतरण गरीएका स्वास्थ सामाग्रीहरू बुज्दै नगर प्रमुख बलदेव चाैरधीले बिपदका समयमा प्रदान भएकाे स्वास्थ सामाग्रीले केहि सद सम्म राहात मिलेकाे भन्दै सहयाेगी संस्थालाई धन्यवाद समेत दिनु भयाे । उहाले बिपदकाे समयमा नगरपालीकामा सहयाेग गर्नु हुने सबै संघ सस्था तथा ब्याक्तिहरूलाई धन्यवाद दिदै नगरपालीकाले उच्च मुल्याकंन समेत गरेकाे बताउनु भयाे ।
उदयपुरकाे त्रियुगा नगरपालिका ३ भुल्केमा रहेका एकै समुदायकाे २८ जनामा काेराेना पुष्टी भए संगै त्रसित बेनका स्थानियहरू लाई परीक्षणमा सहयाेग पुर्याउने उदेस्यले बिभिन्न संघ सस्थाहरूले स्वास्थ सामाग्री हस्तान्तरण गर्दै आएका छन ।

तपाईको प्रतिक्रिया