समाचार/लेखलाई सेयर गर्नुहोस् ।
बिराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालयले फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी सार्वजनिक गरेको छ । प्रहरी चौकी प्राप्चा ओखलढुङगामा कार्यरत प्रहरी हवल्दार नविन कुमार ढकाल र इलाका प्रहरी कार्यालय कटारी उदयपुरमा कार्यरत प्रहरी जवान सन्तोष भुजेल फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका हुन ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया