समाचार/लेखलाई सेयर गर्नुहोस् ।
अन्जनी कुमार अधिकारी
उदयपुर- चौदण्डिगढी नगरपालिका वडा न.-९ का एक जनालाई आज होम क्वारेन्टाइन मा राखिएको छ ।
वैदेशिक रोजगारीको शिलसिलामा भारत गएका उनी बिगत ३ दिन पहिला गाउँ आइपुगेका उनीलाई घरमै क्वारेन्टाइनमा राखिलएको नगरपालिका स्वास्थ उप प्रमुख तेज बहादुर पोखरेल जानकारी दिनु भएको छ।
पहिला उनलाई ९ नम्बर वडा को स्वास्थ्य चौकी मा रहेको क्वारेन्टाइनमा रख्ने बेबस्था मिलाइएको भए पनि उनमा तेस्तो कुनै पनि लक्षण नदेखिएको भन्दै होम क्वारेन्टाइनमा रहने गरि घर फिर्ता पठाइएको छ।
उनलाई सामान्य ज्वरो समेत रहेको ले क्वारेन्टाइन मा पठाइएको स्थानिय नेपाली कङ्रेस का नेता चन्द्र गिरीले जानकारी दिएका छन तर स्वास्थ चौकी ले भने उनमा ज्वरो लगायत कुनै संक्रमण नरहेको बतएको छ।
सरकार ले अहिले बैदेशिक रोजगारी बाट आउने जो कोहिलाई पनि १५ दिन क्वारेन्टाइन मा रख्नु पर्ने बताइरहेको छ भने हिजो मात्र नगरपालिका को सम्मन्वय मा नगरपालिका भरी क्वारेन्टाइन बेड बनाउने कार्य भएको थियो जस मध्य ९ नम्बर वडा को स्वस्थ्य चौकी भवनमा समेत ६ बेड को क्वारेन्टाइन निर्माण गरिएको थियो यद्यपि भारत बाट आएकाउनलाई घर मै बस्न दिने निर्णय स्वस्थ्य चौकी ले गरेको छ।
नेपाल सरकार को आव्हान तथा स्थानीय प्रहरी ले गाउँ गाउँ मा माइकिङ्ग गरि वैदेशिक रोजगार बाट आएकालाई क्वारेन्टाइनमा बस्न र स्थानियलाई घर बाहिर ननिक्लिन अनुरोध गरिरहेको बेला बैदेशिक रोजगार बाट आएका उनलाइ भने घर मै होम क्वारेन्टाइनमा बस्ने सर्त मा छोडिएको हो।
याद गरौ भारत मा कोरोना रोग का कारण हाल सम्म ६९४ संक्रमीत छन भने यस बाट १४ जना को मृत्युु समेत भैसकेको छ भने उता इटाली ले सुरुवात मा हेल्च्याक्राई गर्दा आज कोरोना ले देश नै सखाप पार्ने स्थिति श्रीजना भैसकेको छ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया