अन्जनी कुमार अधिकारी
हडिया । उदयपुर जिल्ला को चौदण्डिगढी नगरपालिका वडा नम्बर – १० ले आफ्नो भवन को सभा हल मा ५ बेड को क्वारेन्टाइन निर्माण गरेको छ।
कोरना भाइरस (कोभिड-१९) को संक्रमणलाई रोक्न वडा ले यस्तो कार्य गरेको वडा अध्यक्ष रामकुमार खड्काले बताएका छन।
उता चौ.न.पा. कै ९ नम्बर वडामा रहेको स्वास्थ्य भवनको दुई ओटा कोठामा पनि बेड राखी क्वारेन्टाइन सन्चालन गरिएको वडा अध्यक्ष प्रकश राउत ले जानकारी दिएका छन।
प्रदेश १ सरकारले गएको फागुन २९ गते प्रदेशमा कोरोना भाइरसको सम्भावित जोखिम न्युनीकरण गर्न क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको थियो ।
यता कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई रोक्न बेल्टार बजार मा रहेको उध्योग बाणिज्य संघ को भवनलाई क्वारेन्टाइन बनाउन दिने निर्णय संघ ले गरेको संघ का अध्यक्ष पवन कार्कीले जनकारी दिएका छन।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया