उदयपुर । बैदेशिक रोजगारीबाट फर्केका उदयपुरका युवाको स्वास्थ्य परीक्षण गरिने भएको छ । बेलका नगरपालिका–३ रातापानीका चौधरी थरका युवालाई स्वास्थ्य परीक्षणका लागि मंगलबार धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको स्वास्थ्यकर्मी टोलीले उनीहरुलाई उद्धार गरि धरान पठाएकाे हाे । उनीहरुलाई परिक्षण गरी क्वारेन्टाइनमा राखिने जनाईएको छ ।
त्यसैगरी त्रियुगा नगरपालिका ६ जलजलेका युवाको रगत परीक्षणका लागि मंगलबार नै धरान हुँदै टेकु पठाएको जिल्ला स्वास्थ्य प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए । उनलाई घरमै राखेर निगरानी बढाइएको छ ।
चैत ५ गतेको कतार एयरवेजको फलाइट नम्बर ६५० बाट घर फर्किएका चौधरीलाई शंका लागेपछि स्वास्थ्य परीक्षणका लागि पठाइएको उनले बताए । ‘संक्रमण भए नभएको एकिन गर्न धरान पठाएका हौ,’ सुवेदीले भने, ‘विदेशबाट आएकाले धेरैले शंका गरे त्यसले पुष्टि गर्न पठाएका हौ ।’ बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाका अनुसार उनी आफै चेकअफ गराउन जान इच्छुक भएको र छिमकीलेसमेत लैजान सुझाब दिएकाले एकिन गर्न पठाइएको हो ।
यसैविच स्वास्थ्य कार्यालयमा मंगलबार बसेको बैठकले त्रियुगा नगरपालिका भित्र तीन वटा प्रोटेन्टिभ एम्वुलेन्स र चालकका लागि तीन वटा र प्रत्येक स्वास्थ्य संस्थामा कम्तिमा दुई वटाका दरले पिपिइको व्यवस्था गर्ने, संक्रमण फैलन नदिन त्रियुगा नगरपालिका प्रवेश गर्ने पाँच वटा नाका त्रिनपा ६ लालपत्ता, वडानं १ को जोगिदह, वडानं ७ को चुहाडे, वडानं १३ को वहेडवा र वडानं १५ को साउनेमा हेल्थडेक्स स्थापना गर्ने निर्णय भएको प्रमुख सुवेदीले जानकारी दिए ।

कृपया यो पेज Like गर्नु होला

 

 

 

तपाईको प्रतिक्रिया