उदयपुर । उदयपुरका एम्बुलेन्स सञ्चालकहरूले नोबल कोरोना भाइरस (कोभिड–१९)को सम्भाव्य बिमारीको उपचार व्यवस्थापनका तीन वटा निःशुल्क ‘प्रोटेक्टिभ एम्बुलेन्स’ सञ्चालन गर्ने निर्णय गरेका छन् ।

जिल्ला जनस्वास्थ्य प्रमुख मोहनप्रसाद सुवेदीको अध्यक्षतामा मंगलबार बसेको एम्बुलेन्स सञ्चालक तथा स्थानीय निकायका प्रमुखहरूसमेतका सहभागिताको बैठकले व्यक्तिगत सुरक्षा व्यवस्था (पीपीई)सहित प्रोटेक्टिभ एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय गरेको हो । यसको व्यवस्थापन त्रियुगा नगरपालिकाले गर्नेछ ।

कृपया यो पेज Like गर्नु होला

नगरपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थकर्मीहरूको सम्भाव्य जोखिम न्यूनीकरणका लागि प्रत्येकमा २ वटाका पीपीइ पनि त्रियुगा नगरपालिकाले व्यवस्था गर्ने भएको छ ।

कोभिड–१९को सम्भावित संक्रमण फैलन नदिन त्रियुुगा नगरपालिकाका लालपत्ता, जोगीदह, साउने, बहेडवा र चुहाडेमा हेल्प डेस्क स्थापना गरी नगरवासीको तापक्रम नाप्ने व्यवस्था गरिनेसमेत बैठकले निर्णय लिएको छ ।

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया