कटारी /कटारी नगरपालिका वडा नम्बर ८ स्थित माध्यमिक विद्यालय पट्ना भञ्ज्याङ्गमा विद्यालयकै एक छात्रामाथि शिक्षक आनन्दकुमार यादबले यौन दुव्र्यहार गरेको घटना मिलापत्रमा मिलाईएको छ ।  प्रधानाध्यापक प्रेम खत्रीले बिहिबार दुबै पक्षबीच आपसी छलफल गराई मिलापत्र गरिएको बताउनुभयो ।

कृपया यो पेज Like गर्नु होला

       छात्रालाई बुधबार विहान विद्यालयको प्रार्थनामा उपस्थित नभएको भन्दै शिक्षक यादबले कक्षा कोठामै गएर संवेदनशिल अंगमा हातपात गरेको घटना बाहिर आएपछी छलफल गरिएको बताईएको छ ।  वडाध्यक्ष कमल श्रेष्ठले आफु कटारी नगरपालिकाको काममा रहेका बेला अभिभावकले फोन गरेर घटनाका विषयमा जानकारी गराएको बताउनुभयो । श्रेष्ठले अभिभावकलाई छलफलमा नबस्न र तुरुन्त कानुनी कार्वाहीका लागि जाहेरी दिन कटारी बजार आउन आग्रह गरेपनि अभिभावक नआएको बताउनुभयो ।
अभिभावकलाई यस घटनामा छलफलमा नबस्न आग्रह गरेकाले फोन गरेर किन नआएको भनेर सोधखोज गर्दा प्रधानाध्यापकले मिलाउँछु भन्नुभाछ भन्दै प्रधानाध्यापकलाई नै फोन गर्न भनेर फोन काटेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
वडाध्यक्ष श्रेष्ठले मिलापत्र कागज बनाएको सुनेको पनि बताउनुभयो । यस अघि पनि शिक्षक यादबले छात्राहरुलाई दुव्र्यहार गर्ने गरेको भएपनि डरले कसैलाई नभनेको नाम नबताउने सर्तमा एक छात्राले बताईन् ।

तपाईको प्रतिक्रिया