समाचार/लेखलाई सेयर गर्नुहोस् ।

प्रेममा धोका पाएको भन्दै सुनसरीका एक युवक सप्तकोसीमा हाम फालेर बेपत्ता भएका छन् । इटहरीका अन्दाजी ३० वर्षीय राजेश बानियाँ मंगलबार साढे ४ बजे बराहक्षेत्र–१ स्थित कोसी पुलबाट हाम फालेर बेपत्ता भएका हुन् ।

कृपया यो पेज Like गर्नु होला

कोसीमा हाम फाल्नुअघि उनले फेसबुकमा केही तस्वीरसहित स्टाटस लेखेका छन्, ‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विनाकारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो । केही छैन, आशा छ, सबै खुसी तिमीले पाउनेछौ । गूड बाइ इसु, आशा छ तिमीले मलाई माफ गर्नेछौ ।’

उनले हाम फालेको स्थान नजिकै को३७प ७ नम्बरको रातो रङको बुलेट, एक जोर जुत्ता, मोटरसाइकलको बिलबुक र लाइसेन्स ट्रायल पास गरेको कागज फेला परेको इलाका प्रहरी कार्यालय चतराले जानकारी दिएको छ ।

एक प्रत्यक्षदर्शीका अनुसार बानियाँ बिहानैदेखि बाइकमा पुलबाट ओहाेरदोहाेर गरिरहेका थिए । कोसीमा हाम फालेलगत्तै बोटमा सवार यात्रुहरूले बाँस दिएर बचाउने कोसिस गरे पनि उनले बाँस नसमातेको प्रत्यक्षदर्शीले बताए ।

तपाईको प्रतिक्रिया