अन्जनी कुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला

बेल्टार । बसाहामा जारी वाईवाई पाचौं महिला राष्ट्रिय गोल्डकपको उपाधी रौतहटले चुमेको छ। उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसाहा स्थित खेल मैदानमा सम्पन्न फाइनल खेलमा आयोजक बसाहालाई रौतहटले ० को विरुद्ध २ गोल अन्तरले उपाधी चुमेको हो । फाइनल खेलमा आयोजक बसाहाले भने खाता खोल्न सकेन। उपाधी सँगै रौतहटले १ लाख नगद सहित मेडल र प्रमान–पत्र प्राप्त गरेको छ, भन्ने उपविजेता आयोजक बसाहाले ५० हजारमा चित्त बुझाएको छ। फाईनल खेल समापन्नका प्रमुख अतिथि तथा प्रदेश सांम्सद बिमल कार्कीले खेलकुदका “माध्यमबाट देशलाई चिनाउने भन्दै प्रदेश एक सरकारले खेलकुदमा लगानी गर्न नडराउने बताए।” त्यस्तै कार्यक्रममा नगरप्रमुख खगेन्द्र राई लगायतले मन्तव्य राखेका थिए। प्रतियोगितामा ८ समुहको सहभागिता रहेको थियो। उक्त प्रतियोगिता सञ्चालनमा ८ लाख ५० हजार खर्च लागेको आयोजनाका सचिव राजु राईले जानकारी दिए। माघ २१ गते देखि सञ्चालन भएको उक्त प्रतियोगिता माघ २८ गते सम्पन्न भएको कार्यक्रमका अध्यक्ष लुङराज राईले बताए।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया