राकेश नेपाली

कृपया यो पेज Like गर्नु होला

उदयपुर, माघ २३

देशव्यापी कार्यक्रम अन्तरगत उदयपुरमा पनि दादुरा र रुबेला बिरुद्धको खोप लगाईने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले बिहिबार एक कार्यक्रमको आयोजना गरि फागुन १ गतेदेखी खोप लगाउने कार्यक्रम रहेको जानकारी दिएको हो । ८ वटा स्थानिय तह रहेको उदयपुरमा २ चरणमा गरि खोप लगाईने कार्यक्रम रहेको खोप सुपरभाईजर चिरञ्जीबी निरौलाले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा कटारी नगरपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिकामा फागुन १ गतेदेखी ५ गते सम्म खोप लगाईने कार्यक्रम रहेको छ । यस्तै दोस्रो चरणमा त्रियुगा नगरपालिका, बेलका नगरपालिका, चौदण्ढीगढी नगरपालिका, रौतामाई गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकामा फागुन १५ देखी २० गते सम्म खोप कार्यक्रम संचालन गरिने बताईएको छ । नियमित खोप चलिरहेकाले उदयपुरगढीको भलायाडाडा भने दास्रो चरणमा मात्रै खोप लगाईने निरौलाले बताए । जिल्लाका ३३ हजार ५ सय ७८ जना बालबालिकाहरुलाई खोप लगाउने जिल्ला स्वास्थ्य कार्यालयको लक्ष रहेको छ । खोप कार्यक्रमका लागी जिल्लाभरमा ४९० खोप केन्द्र तोकिएका छन् भने ५३१ जना स्वास्थ्यकर्मी खटिने कार्यालयले जनाएको छ । उदयपुर जिल्लामा पनि दादुरा र रुबेलाको सङक्रमण भेटिएकाले ९ महिना देखी ५ बर्ष उमेर समुहका बालबालिकाहरुले अनिवार्य खोप लगाउनुपर्ने जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले आग्रह गरे ।

तपाईको प्रतिक्रिया